१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्ः प्रतिवेदन



अ+ अ-

एजेन्सी । लगभग ७० लाख अस्ट्रेलियालीहरू घातक जङ्गली आगोको उच्च जोखिममा रहेको क्षेत्रमा बसोबास गर्दै आएको गैरसरकारी संस्था क्लाइमेट काउन्सिल र इमर्जेन्सी लिडर्स फर क्लाइमेट एक्सन (इएलसिए) ले मङ्गलबार प्रकाशित गरेको प्रतिवेदनले जनाएको छ । प्रतिवेदनले प्रमुख सहरहरूको बाहिरी इलाकाहरूमा बसोबास गरिरहेका अष्ट्रेलियालीहरु सन २०२५ जनवरीमा लस एन्जलस (एलए) जङ्लमा लागेको आगो जस्तै सहरी आगलागीको जोखिममा रहेको चेतावनी दिएको छ ।

प्रतिवेदनले सिड्नी, मेलबर्न, पर्थ, एडिलेड, होबार्ट र क्यानबेराका प्रमुख सहरहरूको बाहिरी भागमा सहरी किनारामना एलए आगलागी विनाशकारी हुने जनाएको छ ।

प्रतिवेदनका अनुसार प्रमुख शहरहरूको बाहिरी उपनगरहरूमा बसोबास गर्ने अष्ट्रेलियालीहरूको सङ्ख्या सन् २००१ देखि ६५.५ प्रतिशतले बढेर ६९ लाख भन्दा बढी पुगेको छ भने उच्च जोखिममा रहेका आगो क्षेत्रमा ९० प्रतिशत घरहरू आधुनिक बुशफायर र कमजोर मापदण्डमा निर्माण गरिएका छन् ।

यसले अघिल्लो अनुसन्धानलाई उद्धृत गर्दै आगलागी उच्च मृत्युको कारण भएको जनाएको छ ।

इएलसिएका संस्थापक र न्यू साउथ वेल्स राज्यका पूर्व अग्नि आयुक्त ग्रेग मुलिन्सले विज्ञप्ति मार्फत लगभग हरेक अष्ट्रेलियाली सहरमा लस एन्जलस जस्ता खतरनाक आगलागीको पूर्व सर्तहरूको खतरा रहेको बताउनु भएको छ ।

उहाँले विनाशकारी आगलागीको सम्भावनालाई बढ्दो रूपमा सामना गरिरहेको बताउदै “जलवायु प्रदूषणले अहिले आगोको मौसमको अवस्था बिग्रँदै गइ आधुनिक आगो निभाउने र रोकथाम क्षमताहरूको सीमाभन्दा बाहिर हुने बताउनु भएको छ ।

प्रतिवेदनले जलवायु प्रदूषण घटाउनुका साथै सहरी क्षेत्रमा आपतकालीन सेवा व्यवस्थापन क्षमतालाई प्राथमिकताका रूपमा बढाउन आग्रह गरेको छ ।