२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीप्रति प्रदेश सरकार नतमस्तक छ: मुख्यमन्त्री पौडेल



अ+ अ-

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले खेलाडीलाई खेलेरै सम्मानजनक जीवन जिउने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । दक्षिण एशियाली खेलकूद प्रतियोगितामा सहभागी भइ विभिन्न पदक हासिल गर्ने वाग्मती प्रदेशभित्रका १६३ खेलाडीलाई प्रदेश सरकारले घोषणा गरेको रकमसहित सम्मान गरेको अवसरमा बुधबार सन्देश प्रकाशित गर्दै उनले देशलाई संसारभर चिनाउन सफल खेलाडीप्रति प्रदेश सरकार नतमस्तक रहेको उल्लेख गरे ।

प्रतियोगितामा सहभागी मध्ये यस प्रदेशका खेलाडीले ४० स्वर्ण, ४७ रजत ७६ कास्य गरी कूल १६३ पदक हासिल गरेका थिए ।