२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान परिवर्तनको अधिकार क्यानलाई नै हुन्छ: मुख्य प्रशिक्षक दशनायके (भिडियो सहित)



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशनायकेले राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन नहुने बताउनु भएको छ।आज  आयोजित पत्रकार सम्मेलन दशनायके लेकप्तान परिवर्तनको अधिकार नेपाल क्रिकेट संघ (क्यान) लाई नै हुने बताउनु भयो । यद्यपी उहाँले भन्नुभयो 'म टिममा राम्रो वातावरण बनाउन प्रयास गर्ने छु । एक–दुई दिन बन्द कोठामा बसेर छलफल गर्छु । तर बोर्डको निर्णयलाई मैले चुनौति दिन मिल्दैन ।’ 

खेलाडीहरुको श्रेणी बर्गिकरण गर्दा बिभेद भएको भन्दै खेलाडीहरुले असन्तुष्टि जनाएका थिए । खेलाडीहरुको असन्तुष्टि पछि क्यानले कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाउदै सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको थियो ।  यसैगररुी अन्य चार खेलाडी पनि कारबाहीमा परेका छन् ।

मुख्य प्रशिक्षक दशानायके दोश्रो पटक नेपाली टिमलाई प्रशिक्षण दिन नेपाल आउनु भएको हो । उहाँले टी-२० सिरिज खेल्नेबारे  छलफल भै रहेको र खेलाडीको सूचि तयार पार्ने काम भै रहेको जानकारी गराउनु भयो ।