८ भाद्र २०८३, सोमबार
,
Latest
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभामामा कांग्रेसले तालमेल गर्छ तर प्रतिनिधिसभामा एक्लै जान्छः सिटौला



अ+ अ-

काठमाडौँ; नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा अन्य दलहरूसँग तालमेल गरेर चुनावमा जाने बताएका छन् ।

राष्ट्रिय सभामा गरिने गठबन्धनबारे कांग्रेस सभापति शेरबहादुर देउवाले परामर्श गरिरहेको जानकारी दिँदै नेता सिटौलाले सम्भवत एमालेसँग नै गठबन्धन गरेर जाने गरी छफलहरु भइरहेको खुलासा गरे ।

आइतबार मात्र पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूलाई यसबारेमा जानकारी गराएको पनि उनेले बताए । उनले यस विषयमा आज केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल गरेर निष्कर्षमा पुगिने पनि बताए ।

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ । त्यसका लागि उम्मेदबार छनौटको अन्तिम चरणमा काम भइरहेको दलहरुले बताएका छन् ।

आज बिहान काठमाडौँमा पत्रकारहरूसँगको कुराकानीमा नेता सिटौलाले तर पार्टीले प्रतिनिधिसभाको निर्वाचनमा भने गठबन्धन नगर्ने पनि स्पष्ट पारे ।

उनले भने– अहिले मिडियामा के के समाचार आइरहेका छन् । कहिले कांग्रेस एमाले त कहिले माओवादीसँग कांग्रेसले गठबन्धन गर्छ भनेका छन् । तर मलाई लाग्छ, प्रतिनिधिसभामा कांग्रेस एक्लै जान्छ, कसैसँग पनि गठबन्धन गर्दैन ।

सिटौलाले थपे –‘प्रतिनिधिसभा चुनाव चाहिँ हामी एक्लै लड्ने हो । यसमा कुनै शंका नगरे हुन्छ ।