१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

यौन हिंसामा परेकी युवतीलाई गाउँ फर्किन गाह्रो

यौन हिंसामा परेकी युवतीलाई गाउँ फर्किन गाह्रो
अ अ+ अ-

पाँचथर । हजुरबा पर्ने व्यक्तिबाट यौन हिंसामा परेकी पाँचथरकी एक युवतीलाई गाउँ फर्किन समस्या परेको छ । वर्षौँदेखि यौन हिंसामा परेकी युवतीको गत पुस तेस्रो साता गाउँबाट उद्धार गरी सदरमुकाम ल्याइएको थियो । पीडित युवतीले गत पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

स्थानीयवासीको सहयोगमा सदरमुकाम ल्याइएकी पीडितलाई एक महिनादेखि महिला सेवा केन्द्रमा राखिएको छ । युवतीले सम्बन्धले हजुरबा पर्ने याङवरक–३ का अमृत योङ्याले आफूलाई १४ वर्षको उमेरदेखि यौन हिंसा गर्दै आएको बताउनुर्भको छ । आफ्नो परिवार आर्थिकरूपले अति कमजोर रहेका कारण योङ्याको परिवारमा आश्रित भई जीविकोपार्जन गर्नुपर्दा दुव्र्यवहार सार्वजनिक गर्न नसकेको पीडितको भनाइ छ ।

पीडक भनिएका योङ्याको परिवारका कारण युवती गाउँ फर्कन नसक्ने अवस्था भएको हो । आफूलाई योङ्या तथा उनको परिवारले गाउँ नजान दबाब दिने गरेको युवतीको भनाइ छ । “कसरी गाउँ गएर बस्दीरहिछे हामी पनि हेर्छौँ, भनेर भन्दै हिँड्छन्, त्यस्तो कुरा सुनाउन म भएको ठाउँमा मान्छे पठाउँछन्”, पीडितले भन्नुभयो, “हामी त गोठाला खेताला गरेर खाने मान्छे, अब के गर्ने ? कहाँ जाने ?” पीडित युवतीले योङ्या परिवारले आफ्ना आमा, बाबु र बहिनीमाथि समेत दुव्र्यवहार गरेको जानकारी दिनुभयो ।

नातिनी पर्ने युवतीमाथि वर्षौँदेखि यौन शोषण गरेको विषय सार्वजनिक भएपछि नेपाली काँग्रेसका नेतासमेत रहेका योङ्या भने फरार भएका छन् । पीडकविरुद्ध वर्षौँदेखि यौन शोषण हुँदै आएको र पछिल्लोपटकसमेत योङ्याले बलात्कारको प्रयास गरेको भन्दै लिखित जाहेरी परेको थियो । पीडित युवतीको जाहेरीपछि योङ्याको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानेले बताउनुभयो ।

पीडित युवतीले आर्थिक, सामाजिकरूपले गाउँमा पहुँचवाला योङ्याको परिवारले गल्ती ढाकछोप गर्न आफ्नो बदनाम गरेको गुनासोसमेत गर्नुभएको छ । “आफ्नै इज्जतमाथि प्रश्न उठ्ने कुरा कसले बोल्छ रु मलाई फल्नोले यसो–यसो ग¥यो भनेर कुन नारीले भन्न सक्छे ?”, पीडित युवतीको गुनासो छ, “तर वर्षौँसम्म पीडा र अत्याचार सहने मलाई नै गाउँ समाजमा नराम्रो पार्न बाजेको (पीडक भनिएका योङ्या) परिवार लागिपरे ।”

पछिल्लोपटक गत पुस ९ गते योङ्याले युवती एक्लै भएको मौका छोपेर बलात्कारको प्रयास गरेका थिए । त्यसपछि उक्त विषय गाउँमा सार्वजनिक भयो । तर गाउँमा पीडित युवतीको चरित्र र नैतिकतामाथि योङ्यासहित परिवारले प्रश्न उठाउँदै युवतीलाई गलत सावित गर्न खोजेको बताइएको छ । यही विषयलाई लिएर पुस १४ गते गाउँमा छलफल पनि भएको थियो ।

छलफलको विषय ‘अनैतिक व्यवहार गरेको भनि आरोप लगाएको’ भन्नेमा अड्कियो । वडाध्यक्ष मविन्द्र योङ्यासमेत सहभागी छलफलले आइन्दा त्यस प्रकारको व्यवहार भए कानूनबमोजिम कारवाही गर्नुपर्ने भनेर कागज गर्यो । “मैले पनि न्याय पाउँछु होला भन्ने हिम्मत गरेर जिल्लासम्म आएँ”, पीडितले भन्नुभयो, “मलाई पैसामा मिल्न दबाव आउने गरेको छ, खै ठूला नेताहरु रे, उहाँहरुले पनि मिल्नुपर्छ भने, मलाई बच्चैदेखि जबर्जस्ती गर्नेलाई कसरी छाड्नु ?”

किशोरावस्थामै बलात्कार र यौन हिंसाको शिकार भएकी उहाँले १६ वर्षको उमेरमा उक्त अवस्थाबाट मुक्ति पाउन छिमेकी गाउँका युवासँग विवाह गर्नुभएको थियो । तर विवाह भएको केही समयपछि विदेशिएका श्रीमान् न त फर्केर नै आए, न सम्पर्कमै रहे । त्यसपछि उहाँ माइतीमै गएर बस्नुभएयो । कमजोर आर्थिक अवस्थाका कारण आफ्ना माइतीले आफूमाथि दुव्र्यवहार भएको थाहा पाए पनि प्रतिवाद गर्न नसकेको पीडितको दुखेसो छ । “आमाले बाजे त छोरी, नातिनी कोही नचिन्ने पशु छन्, जोगिएर हिँड्नु भन्थिन्”, पीडितले भन्नुभयो, “हामी उसकोमा खेताला गोठाला नगए पनि कुटाइ खानुपर्ने, गयो भने उसले जे भन्यो त्यही मान्नुपर्ने ।”

पीडित युवतीले आफूमाथि वर्षौँदेखि भएको बलात्कार र यौन दुव्र्यवहार सार्वजनिक गर्ने बताएपछि योङ्याले आफूमाथि नै गाली बेइजतीको मुद्दा लगाउने र जेलमा हाल्ने पटक–पटक धम्की दिएको पीडितको गुनासो छ । पीडितको पूरा परिवार नै योङ्यालगायतकामा आश्रित हुनुपरेकाले पीडित युवती गाउँबाट विस्थापित हुनसक्ने र सुरक्षा चुनौतीसमेत हुनसक्ने भन्दै केही स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । स्थानीयवासीले यस विषयमा प्रशासन चिन्तित नबनेको, फरार रहेका योङ्या सीमावर्ती क्षेत्रमा हिँडडुल गरे पनि पक्राउ गर्न प्रहरीले सक्रियता नदेखाएको भन्दै आक्रोशित बनेका छन् ।