१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

गाउँपालिकामा छैन एम्बुलेन्स

गाउँपालिकामा छैन एम्बुलेन्स
अ अ+ अ-

ललितपुर । स्थानीय तह गठन भएको तीन वर्ष हुनलाग्दा समेत वाग्मती गाउँपालिकाभित्र एउटा पनि एम्बुलेन्स सञ्चालन भएको छैन । यहाँका जनताले बिरामी पर्दासमेत एम्बुलेन्स उपभोग गर्न नपाएको पटकपटक गुनासो गर्दै आएका छन् ।

वडा नं ६ आश्राङ् निवासी ६१ वर्षीय मानबहादुर बोम्जन तामाङले गाउँमा कोही बिरामी पर्दा जीप बोलाएर रु आठ देखि १० हजार तिरेर चापागाउँ अस्पताल लैजानुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । गाउँपालिकाभित्र हुने बिरामीको समस्या समाधान गर्न एम्बुलेन्स खरीदका लागि गत वर्ष नै आफू लागिपरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो । अबको एकदेखि डेढ महिनामा एम्बुलेन्स गाउँपालिकामा भित्र्याउने उहाँले जानकारी दिनुभयो । गाउँपालिकाभित्र करीब छ हजार जनसङ्ख्या रहेको छ ।

यसैगरी कोञ्ज्योसोम गाउँपालिकाले केही समयअघि रु १४ लाख तिरेर एउटा एम्बुलेन्स खरीद गरेको गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्ताङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकाभित्र लगभग १० हजार जनसङ्ख्या रहेका छन्, कोञ्ज्योसोमबाट चापागाउँ अस्पताल आउन थोरैमा पनि १५ किलोमिटर पार गर्नुपर्ने भएकाले हालसम्म एउटा एम्बुलेन्स भए पनि बिरामीलाई राहत नै भएको छ ।”

करीब १२ दिनअघिमात्रै महाँकाल गाउँपालिकामा एउटा एम्बुलेन्स भित्रिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सहयोगमा एम्बुलेन्स महाँकालमा भित्र्याइएको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताउनुभयो । लामो समय एम्बुलेन्सविहीन रहेको सो गाउँपालिकाबाट पाटन अस्पताल आइपुग्न ६५ किलोमिटर पार गरेर बिरामीका आफन्तले भाडामा सवारीसाधन लिएर आउनुपर्ने समस्याको अन्त्य केही दिनअघि मात्र भएको छ ।