१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

नदी उत्खनन तथा नदीजन्य पदार्थ ओसार्न प्रतिबन्ध

नदी उत्खनन तथा नदीजन्य पदार्थ ओसार्न प्रतिबन्ध
अ अ+ अ-

रौतहट । रौतहटस्थित स्थानीय प्रशासन र जिल्ला समन्वय समितिको संयुुक्त अनुुगमन टोलीले लालबकैया नदी उत्खनन तथा नदीजन्य पदार्थ ओसार्न प्रतिबन्ध लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी वासुुदेव घिमिरे नेतृत्वको संयुुक्त टोलीले फतुवा विजयपुर र गुजरा नगरपालिकाको सिमानाभित्र पर्ने नदीको स्थगलत अनुुगमन गरी नदी उत्खनन तथा नदीजन्य पदार्थ नउठाउन निर्देशन दिएको हो ।

फतुवा विजयपुर र गुुजरा नगरपालिकामा पर्ने लालबकैया नदीको सबै घाटबाट अर्को आदेश नआएसम्म उत्खनन तथा नदीजन्य पदार्थ ओसारपसार नगर्न प्रजिअ घिमिरेले साह निर्माण सेवाका अध्यक्ष नागेन्द्र साहलाई बुधबार साँझ निर्देशन दिनुभयो । उहाँको निर्देशनगलत्तै रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रबिराज खड्का र सशस्त्र प्रहरी ११ नं रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रवीनराज कर्णजितले पनि गुजरा र फतुवा विजयपुरको सिमानाभित्र पर्ने लालबकैया नदी निगरानी गर्न मातहतका प्रहरी एकाइलाई निर्देशन दिनुुभएको छ ।

लालबकैया नदीको नदीजन्य पदार्थ उठाउन साह निर्माण सेवाले ठेक्का लिएर सरकारको नीतिविपरीत नदीको बीच धारमा ठाउँठाँउमा जेसिभी र स्काभेटर प्रयोग गरी ठेकेदारले पोखरीको स्वरुप ठूलाठूला खाडल बनाएका छन् ।

अनुुगमनमा त्यस्तो पाइएपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले नदीजन्य पदार्थ नउठाउन निर्देशन दिनुभएको हो । सरकारले तोकेको नीतिमा नदीको छेउमा बढीमा दुुई मिटरसम्म खनेर नदीजन्य पदार्थ उठाउन सकिने व्यवस्था गरेको जिल्ला अनुुगमन समितिका सभापति रामएकवाल यादवले बताउनुुभयो ।

तर ठेकेदारले लालबकैया नदीको बोटवा, गर्जा, पशुपति छेउको घाटलगायत दर्जन बढी स्थानमा जेसिभी र स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ निकालेर खोलाको बीचमा ठूलाठूला खाडल बनाएको सभापति यादवले बताउनुभयो । केही समययता लालबकैया नदीबाट गिट्टी, ग्राभेल, बालुवा निकालेर दर्जनौँ ठेकेदारले जिल्लाको छुुटाछुटै स्थानमा ठूलो मात्रामा भण्डारण गरेको देखिएको छ ।

निर्माणकार्यमा लाग्ने लागतअनुुसार नदीजन्य पदार्थ उठाउन राख्न सकिने व्यवस्थाबिपरीत ठेकेदार तथा क्रसर उद्योगीले नदीजन्य पदार्थको ठूलो भण्डारण गरेको अनुुगमनमा पाइएको छ । त्यसअघि टोलीले बौधीमाई नगरपालिका फतुवा, विजयपुर, गुुजरालगायतका स्थानीय तहमा सञ्चालित क्रसर उद्योगको स्थलगत अनुुगमन निरीक्षण गरेको थियो ।

संयुुक्त अनुुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला समन्वय समितिका सभापति रामएकवाल यादव, इन्द्र बक्स गण नेपाली सेनाका गणपति सामन्तध्वज खाँड, प्रहरी उपरीक्षक रबिराज खड्का, सशस्त्र उपरीक्षक रबीनराज कर्णजित, घरेलुु तथा साना उद्योग कार्यालय गौरका नायबसुब्बा प्रमोद बर्मा, फतुवा विजयपुुर, गुुजरा नगरपालिकाका प्रतिनिधिलगायतको सहभागिता थियो ।