८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ, २१ पुस: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसअघि कार्यसम्पादन समितिको शुक्रबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

अर्कोतिर कांग्रेस केन्द्रीय कार्यालयमा गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराएको विशेष महाधिवेशनको प्रस्ताव पनि विचाराधीन अवस्थामा रहेको छ ।

पुष १८ गते बसेको कार्यसम्पादन समितिको बैठकले चुनावपछि नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पारित गरेपछि पार्टीभित्रको विवाद थप बढेको छ ।

बैठकले वैशाखको २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका बहुमतको आधारमा पारित गरे पछि बिवाद बढ्दै गएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधानत: माग भएको विशेष महाधिवेशन आव्हान गर्ने गरी आन्तरिक तयारीलाई तीव्रता दिनु भएको छ ।

उहाँहरुले शनिबार कांग्रेस निकट कानुन व्यवसायीहरु प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे , सिताराम केसी, भरतप्रसाद खरेल, यदुनाथ खनाल, योगेन्द्रबहादुर अधिकारी, नरेन्द्र केसी, विमल पौडेल, रामकुमार श्रेष्ठ, सुवास बुढाथोकी, सेमन्त दाहाल, लगायतसँग छलफल समेत गरेका थिए ।

बैठकमा कतिपय कानुन व्यवसायीहरूले महाधिवेशन प्रतिनिधिहरूले आफैं निर्णय गर्ने र त्यो निर्णय वैधानिक हुने सुझाव समेत दिएका थिए ।




भर्खरै