२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोशीको जेट बोट बन्द



अ+ अ-

सुनसरी । सुनसरीको चतरास्थित सप्तकोशीमा निजी कम्पनीले चलाउँदै आएका जेट बोट अनिश्चितकालका लागि बन्द भएका छन् । स्थानीयवासीको अवरोध तथा व्यावसायिक असुरक्षा बढेको भन्दै बोट सञ्चालकले बुधबारदेखि नै सेवा बन्द गरेको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।

वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले साना–ठूला गरेर सात जेट बोटबाट कोशी पुलदेखि बराहक्षेत्र हुँदै भोजपुर, धनकुटाको त्रिवेणीघाट र सिम्लेसम्म सेवा दिँदै आएका थिए । स्थानीयवासीले जथाभावी चन्दा उठाउने, कमिशन माग्ने तर सरकारले रोक्न कुनै कदम नचालेको व्यवसायीको गुनासो छ । “नदीमा पानीजहाज सञ्चालनका लागि प्रधानमन्त्रीले प्रतिबद्धता जनाएअनुसार करोडौँ खर्च गरेर सेवा विस्तार गर्यो, तर हाम्रो व्यावसायिक सुरक्षा भएन । त्यही भएर बन्द गर्न बाध्य भयौँ”, कार्कीले भन्नुभयो ।

बोट सेवा बन्द भएपछि भोजपुर, खोटाङ, धनकुटाबाट तराई आउजाउ गर्ने दैनिक ७०० यात्रुलाई समस्या भएको छ । चतराबाट बराह क्षेत्र मन्दिर १० मिनेटमा यात्रा गर्दै आएका यात्रु समस्यामा परेका छन् । कूल १८ देखि ६० जनासम्म अट्ने बोट सप्तकोशीमा सञ्चालन हुँदै आएको थियो ।