२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमूर्त कुरा गरेर क्रान्ति हुँदैन: मुख्यमन्त्री गुरुङ



अ+ अ-

स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अमूर्त कुरा गरेर क्रान्ति नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाद्वारा ‘जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा समाजदोन्मुख जनताको जनवाद’ विषयक बिहीबार यहाँ आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा क्रान्तिका अमूर्त कुरा गरेर समय खेर नफल्न आग्रह गरे ।

“देशको अवस्था र माटो सुहाउँदो कामले मात्रै सफलता प्राप्त हुन्छ । अन्य मुलुकको शैलीमा क्रान्ति गर्छु भन्दै हिँडेर कही पुगिदैन । ” नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश इञ्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले पार्टीले देशको माटो र जनताको चाहनाअनुसार नै काम गर्दै आएकाले जनताको नेकपाप्रति आकर्षण बढेको बताए ।