२८ भाद्र २०८३, आईतवार
,
Latest
प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य सचिव सुमनराज ,उपकुलपति दीपक र डा. शेखर अर्याल सम्मानित



अ+ अ-

काठमाडौँ: अर्याल समाज नेपाल काठमाडौँ र खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयको संयुक्त आयोजनामा आज एक विशेष समारोहबीच तीनजना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको छ।

नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याल, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल तथा मेकानिकल इन्जिनियरिङ विषयमा पीएच.डी. हासिल गर्नुभएका डा. शेखर अर्याललाई समाज र राष्ट्रप्रति पुर्‍याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

समारोहमा वक्ताहरूले सम्मानित व्यक्तित्वहरूले शिक्षा, प्रशासन र अनुसन्धानको क्षेत्रमा पुर्‍याएको योगदानले नयाँ पुस्तालाई प्रेरणा मिल्ने उल्लेख गरे।

आयोजक संस्थाहरूले यस्ता सम्मान कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेका छन् ।