२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङहमलाई हराउँदै एस्टन भिल्ला प्रिमियर लिगको दोस्रो स्थानमा



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा भिल्लाले नटिङहम फरेस्टलाई ३–१ ले हराएको हो ।

घरेलु मैदान भिल्ला पार्कमा खेलको पहिलो हाफको इन्जुरी समयमा वली वाट्कीन्सले गोल गर्दै भिल्लालाई सुरुवाती अग्रता दिलाए । ४९ औं मिनेटमा जोन म्याकगिनले गोल गर्दै भिल्लाको अग्रता दोब्बर पारे ।

६१ औं मिनेटमा गिब्स ह्वाइटले गोल गर्दै नटिङहमलाई १–२ को अवस्थामा ल्याए । तर, ७३ औं मिनेटमा म्याकगिनले व्यक्तिगत दोस्रो तथा टोलिका लागि तेस्रो गोल गर्दै भिल्लालाई ३–१ ले अघि बढाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र भिल्लाले महत्वपूर्ण तीन अंक बटुल्यो ।

जितसँगै भिल्ला २० खेलबाट ४२ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने फरेस्ट १८ अंकका साथ १७ औं स्थानमा छ ।