१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

दिलिप हत्याको आरोपमा ३ जना जेल चलान, ३ जना धरौटीमा रिहा

दिलिप हत्याको आरोपमा ३ जना जेल चलान, ३ जना धरौटीमा रिहा
अ अ+ अ-

धनुषाको ढल्केवर स्थित औरही खोलामा बालुवा गिट्टी उत्खनन् रोक्न गएका ओमप्रकाश उर्फ दिलीपकुमार महतोलाई योजनावद्धरुपमा टिपरले किचेर हत्या गरेको आरोपमा ३ जनालाई पूर्वपक्षका लागि जलेश्वरस्थित कारागार चलान गरेको छ भने ३ जना आरोपीलाई धरौटीमा रिहा गरेको छ । धनुषा जिल्ला आदलतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई जेल चलान गरिएको हो ।

पक्राउ परेका मध्येका दिलीपसँगै खोलामा गएका साथी रोशनकुमार यादव, घटनामा संलग्नता देखिएका सत्यनारायण महतो र शत्रुधन महतो प्रति २५ हजार रुपैया धरौटी बुझाएर साधारण तारेखमा रिहा गरिएको छ । धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दिलिपकुमार महतोको हत्यामा क्रसर संचालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो र सह चालक जितेन्द्र महतोको संलग्नताको आधार, प्रमाण देखिएकाले थुनछेक प्रयोजनका लागि थुनामा राख्ने आदेश दिएको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ स्थित श्रीपुरका २४ वर्षीय युवक दिलीप कुमार महतलाई घर नजिक रहेको औरही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन रोक्न गएको बेला टिपरले किचेर हत्या गरिएको थियो । खोला उत्खनन भइरहेको जानकारी पाएपछि गएको २५ पुसको बिहान दिलीपकुमार महतो र उनका साथी रोशनकुमार यादवसँगै खोलामा गएका थिए । यता साथी रोशनकुमार यादवको भने हत्यामा संलग्नता नदेखिएकाले अदालतले सामान्य तारेखमा रिहा गरेका छन् ।