२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ महिनापछि ताला खुल्यो



अ+ अ-

सप्तरी । जिल्ला खेलकूद विकास समितिका पदाधिकारीबीचको असमझदारीले कार्यालयमा लागेको ताला नौ महिनापछि खुलेको छ । समितिका उपाध्यक्ष धीरेन्द्र बर्मा र कोषाध्यक्ष राजेशकुमार चौधरीले कार्यालय प्रमुख दिनेश भुजेलसहित कर्मचारी, विभिन्न खेलकूद सङ्घका पदाधिकारी र खेलाडीको उपस्थितिमा हिजो साँझ ताला खोल्नुभएको हो ।

ताला खुलेपछि आजबाट कार्यालय सञ्चालनमा आएको कार्यालय प्रमुख भुजेलले बताउनुभयो । अध्यक्षमा अमर खवासको मनोनयनसँगै अध्यक्ष वा कोषाध्यक्षमध्ये कसको नाममा खाता सञ्चालन गर्ने विषयमा समितिमा विवाद भएपछि उपाध्यक्ष बर्माको नेतृत्वमा कोषाध्यक्ष चौधरीसहित सदस्यले गत जेठ ७ गते कार्यालय प्रमुख भुजेलको कार्यकक्षमा तालाबन्दी गर्नुभएको थियो । अध्यक्ष खवास र कार्यालय प्रमुख भुजेलबाहेक अन्य सबै पदाधिकारी, सदस्य, कोषाध्यक्ष चौधरीको नाममा खाता खोल्नुपर्ने पक्षमा छन् ।

ताला खोलेलगत्तै कोषाध्यक्ष चौधरीले एक विज्ञप्ति जारी गरी आफूहरुले राख्दै आएको तीन बुँदे माग सात दिनभित्र सम्बोधन नभए थप सशक्त कार्यक्रम गर्ने चेतावनी दिनुभएको छ । अध्यक्ष खवासबाहेक समितिका अन्य पदाधिकारीले आर्थिक वर्ष २०७२/७३ देखिको आयव्ययको हिसाब, कोषाध्यक्षको नाममा खाता सञ्चालन र कार्यालय प्रमुखको सरुवाको माग राख्दै आएका छन् ।

अध्यक्ष खवासले आफ्नो नाममा खाता सञ्चालन नभए आर्थिक कारोवारको जिम्मेवारी लिन नसक्ने र कार्यादेश दिन नसक्ने बताउँदै आउनुभएको छ । समितिमा सचिवसमेत रहने कार्यालय प्रमुख भुजेलले अध्यक्षको कार्यादेशबिना आर्थिक कारोवार गर्न नसकिने भन्दै कोषाध्यक्षको नाममा खाता खोल्न असमर्थता जनाउँदै आउनुभएको छ । खेलकूद नियमावलीमा कार्यालय प्रमुख र अध्यक्ष वा कोषाध्यक्षको हस्ताक्षरमा खाता सञ्चालन हुने प्रावधान छ ।

कार्यालय प्रमुख भुजेलले आफू दुई वर्षअघि प्रमुख भएर आएकाले त्यसअघिको लेखा परीक्षण भइसकेको हिसाबबारे चार वर्षदेखि समितिमा रहनुभएका पदाधिकारी नै जिम्मेवार हुनुपर्ने बताउनुभयो । समितिका पदाधिकारीले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको केही दिनपछि कर्मचारीले समेत समितिको कोठामा