२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिमेडिसिनमार्फत स्वास्थ्य सेवा प्रभावकारी बन्दै



अ+ अ-

झिमरुक । ऐरावती गाउँपालिका–४ धुवाङ स्वास्थ्यचौकीमा टेलिमेडिसिनमार्फत दिइने सेवा प्रभावकारी बन्दै गएको छ । गत कात्तिकको पहिलो हप्ताबाट शुरु भएको यो सेवा प्रभावकारी बन्दै गएको हो । यो साता स्वास्थ्य टेलिमेडिसिन स्वास्थ्य सेवा कार्यक्रममा २५ बिरामीले स्वास्थ्य सेवा लिएका छन् । ऐरावती गाउँपालिकाका विभिन्न वडा र छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकलाई स्वास्थ्य सेवा दिइएको हो ।

मानसिक रोगका २५ बिरामीलाई प्रत्यक्ष भिडियोमार्फत परामर्श दिनुका साथै रोगको पहिचान गरेर औषधिसमेत प्रदान गरिएको स्वास्थ्यचौकीका इन्चार्ज बालगोपाल श्रेष्ठले बताउनुभयो । हाल माल्दिभ्सको मानसिक अस्पतालमा कार्यरत डा कञ्चन दाहालले बिरामीको भिडियोमार्फत स्वास्थ्य सेवा प्रदान गरेकोे इन्चार्ज श्रेष्ठले बताउनुभयो । चिकित्सकसँग यसरी प्रत्यक्ष सम्पर्क गरेर आफ्नो समस्या राख्न पाउँदा बिरामी निकै हर्षित भएको उहाँले बताउनुभयो ।

करीब छ वर्षपछि मानसिक रोग विशेषज्ञसँग प्रत्यक्ष स्वास्थ्य जाँच गराउनु ठूलो उपलब्धि रहेको उहाँले बताउनुभयो । जिल्लाका सात स्वास्थ्य संस्थामा यो कार्यक्रम सञ्चालनमा छ । बरौला स्वास्थ्य संस्थाले हाल ९धुवाङ०बाट सञ्चालन गरिएको स्वास्थ्य सेवा नियमित र प्रभावकारी बन्दै गएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बिरामी पूर्णरूपमा निको भएको र यस्तो सेवा आफ्नै घरदैलोमा पाउँदा बिरामी पनि खुशी भएका छन् । स्वास्थ्यका विभिन्न समस्या भएका र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई यो सेवाले समेट्दै गएको स्वास्थ्यचौकीका इन्चार्ज श्रेष्ठले बताउनुभयो । यो सेवाले उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुँदै गएको उहाँले बताउनुभयो ।

प्रविधिको प्रयोगले विशेषज्ञ सेवा दूरदराजका बस्तीमा पुग्नुले प्रविधिको सही प्रयोग भएको आभास भएको इन्चार्ज श्रेष्ठले बताउनुभयो । फागुनको पहिलो हप्ताबाट स्वास्थ्यचौकीमा आफ्नै पहलमा ल्याव सेवासमेत प्रदान गरिने उहाँको भनाइ छ । एएसके फाउण्डेशनले नेपालका विभिन्न क्षेत्रमा यो सेवा सञ्चालन गरेको फाउण्डेशनका मेडिकल कोडिनेटर डा सरोज केसीले बताउनुभयो ।

आर्थिक स्थिति कमजोर भएर चिकित्सकको सेवाबाट वञ्चित भएकालाई चिकित्सकीय सेवा प्रदान गर्ने, सिफारिस गर्नुपर्ने भए पनि ठिक ठाउँमा सिफारिस गरेर बिरामीहरु अन्यत्र भौतारिने र धेरै पैसा खर्च हुनेबाट पनि राहत मिल्ने डा केसीको भनाइ रहेको छ । फाउण्डेशनले कालिकोटबाट शुरु गरेको यो सेवा हाल नेपालका सात स्थानमा सञ्चालन गरेको छ । विगत १० वर्षदेखि यस्तो सेवा प्रदान गरेकोसमेत डा केसीले बताउनुभयो । नियमित चिकित्सक, इन्टरनेटको सही उपयोग र औषधिले यो कार्यक्रम प्रभावकारी हुँदै गएको उहाँको भनाइ छ ।

यसैगरी ऐरावती गाउँपालिकाले पनि आम नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भनेर नियमितरूपमा औषधि उपलब्ध गराउँदै आएको छ ।




भर्खरै