१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

टेलिमेडिसिनमार्फत स्वास्थ्य सेवा प्रभावकारी बन्दै

टेलिमेडिसिनमार्फत स्वास्थ्य सेवा प्रभावकारी बन्दै
अ अ+ अ-

झिमरुक । ऐरावती गाउँपालिका–४ धुवाङ स्वास्थ्यचौकीमा टेलिमेडिसिनमार्फत दिइने सेवा प्रभावकारी बन्दै गएको छ । गत कात्तिकको पहिलो हप्ताबाट शुरु भएको यो सेवा प्रभावकारी बन्दै गएको हो । यो साता स्वास्थ्य टेलिमेडिसिन स्वास्थ्य सेवा कार्यक्रममा २५ बिरामीले स्वास्थ्य सेवा लिएका छन् । ऐरावती गाउँपालिकाका विभिन्न वडा र छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकलाई स्वास्थ्य सेवा दिइएको हो ।

मानसिक रोगका २५ बिरामीलाई प्रत्यक्ष भिडियोमार्फत परामर्श दिनुका साथै रोगको पहिचान गरेर औषधिसमेत प्रदान गरिएको स्वास्थ्यचौकीका इन्चार्ज बालगोपाल श्रेष्ठले बताउनुभयो । हाल माल्दिभ्सको मानसिक अस्पतालमा कार्यरत डा कञ्चन दाहालले बिरामीको भिडियोमार्फत स्वास्थ्य सेवा प्रदान गरेकोे इन्चार्ज श्रेष्ठले बताउनुभयो । चिकित्सकसँग यसरी प्रत्यक्ष सम्पर्क गरेर आफ्नो समस्या राख्न पाउँदा बिरामी निकै हर्षित भएको उहाँले बताउनुभयो ।

करीब छ वर्षपछि मानसिक रोग विशेषज्ञसँग प्रत्यक्ष स्वास्थ्य जाँच गराउनु ठूलो उपलब्धि रहेको उहाँले बताउनुभयो । जिल्लाका सात स्वास्थ्य संस्थामा यो कार्यक्रम सञ्चालनमा छ । बरौला स्वास्थ्य संस्थाले हाल ९धुवाङ०बाट सञ्चालन गरिएको स्वास्थ्य सेवा नियमित र प्रभावकारी बन्दै गएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बिरामी पूर्णरूपमा निको भएको र यस्तो सेवा आफ्नै घरदैलोमा पाउँदा बिरामी पनि खुशी भएका छन् । स्वास्थ्यका विभिन्न समस्या भएका र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई यो सेवाले समेट्दै गएको स्वास्थ्यचौकीका इन्चार्ज श्रेष्ठले बताउनुभयो । यो सेवाले उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुँदै गएको उहाँले बताउनुभयो ।

प्रविधिको प्रयोगले विशेषज्ञ सेवा दूरदराजका बस्तीमा पुग्नुले प्रविधिको सही प्रयोग भएको आभास भएको इन्चार्ज श्रेष्ठले बताउनुभयो । फागुनको पहिलो हप्ताबाट स्वास्थ्यचौकीमा आफ्नै पहलमा ल्याव सेवासमेत प्रदान गरिने उहाँको भनाइ छ । एएसके फाउण्डेशनले नेपालका विभिन्न क्षेत्रमा यो सेवा सञ्चालन गरेको फाउण्डेशनका मेडिकल कोडिनेटर डा सरोज केसीले बताउनुभयो ।

आर्थिक स्थिति कमजोर भएर चिकित्सकको सेवाबाट वञ्चित भएकालाई चिकित्सकीय सेवा प्रदान गर्ने, सिफारिस गर्नुपर्ने भए पनि ठिक ठाउँमा सिफारिस गरेर बिरामीहरु अन्यत्र भौतारिने र धेरै पैसा खर्च हुनेबाट पनि राहत मिल्ने डा केसीको भनाइ रहेको छ । फाउण्डेशनले कालिकोटबाट शुरु गरेको यो सेवा हाल नेपालका सात स्थानमा सञ्चालन गरेको छ । विगत १० वर्षदेखि यस्तो सेवा प्रदान गरेकोसमेत डा केसीले बताउनुभयो । नियमित चिकित्सक, इन्टरनेटको सही उपयोग र औषधिले यो कार्यक्रम प्रभावकारी हुँदै गएको उहाँको भनाइ छ ।

यसैगरी ऐरावती गाउँपालिकाले पनि आम नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भनेर नियमितरूपमा औषधि उपलब्ध गराउँदै आएको छ ।