२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई नेता रिजालको सुझावः क्रियाशिल सदस्यता थप्दैमा ३० लाख मतदाता थप्न सकिदैन



अ+ अ-

निलकण्ठ रिजाल । नेपाली कांग्रेस केन्द्रीय समितिले संगठन बिस्तार गर्न थप ५० प्रतिशत क्रियाशिल सदस्यता थप्ने निर्णय गरेकोछ। तर, मेरो विचारमा संगठन शसक्त बनाउन क्रियाशिल सदस्यको संख्या वृद्धि गरेर होइन, कृयाशिल सदस्यहरुको क्रियाशिलता वृद्धि गरिनुपर्छ। क्रियाशिल भएकालाई क्रियाशिल सदस्यता दिने हो कि, संख्या धेरै देखाउन क्रियाशिल सदस्यता बाँड्ने हो ?

बिगतमा नेपाली कांग्रेसमा क्रियाशिल सदस्यता बाँड्दा व्यक्तिको क्रियाशिलता हेरेर भन्दापनी पार्टी भित्रको आन्तरिक निर्वाचनमा आफुलाइ जिताउन आफ्ना आफन्तहरु श्रीमान–श्रीमति, छोराछोरी, भाइ–बुहारी, भतिजा–भतिजी, बहिनी–ज्वाइँ, भान्जाभान्जी, मामामाइजु, फुपुफुपाजु जस्तालाई बाड्ने गरिएको छ। त्यस्ता क्रियाशिल सदस्यहरु, पार्टीका विभिन्न कार्यक्रमहरु, निर्वाचनहरुमा पार्टीको प्रचारप्रसारमा सक्रिय हुने त परै जाओस, कांग्रेसको चुनाव चिन्ह रुखमा पनि इमान्दारपुर्वक सबैले मत हालेको पाइँदैन। त्यसैले कतिपय स्थानमा क्रियाशिल सदस्यहरुको संख्या भन्दा कांग्रेसको चुनाव चिन्ह रुखमा कम मत खसेको अनगिन्ती उदाहरण छन्।

नक्कली क्रियाशिल सदस्यहरु त क्रियाशिल नहुनेनै भए। सक्कली क्रियाशिल सदस्यहरु पनि पार्टी भित्र आवश्यक वातावरणको अभावमा भने जस्तो क्रियाशिल हुन सकिरहेका छैनन्। किन त ?

यस कुराको गहिरो अध्ययन गर्ने कि नगर्ने ?

पार्टी भित्र अनावश्यक गुटबन्दी, मुल्यांकनको अभाव जस्ता कुराले वास्तविक क्रियाशिल साथिहरु निराश हुँदै गइरहेका छन्। आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन रुख चिन्हमा न्युनतम ३० लाख मतदाता थप्नु पर्ने हुन्छ। पार्टिमा क्रियाशिल हुन नसक्ने तर जबर्जस्त क्रियाशिल सदस्यता थप्दैमा ३० लाख मतदाता थप्न सकिदैन। युद्ध जित्न धेरै लाखौं सेनाहरु भएर हुँदैन, थोरै होस तर युद्धकलामा निपुर्ण, विर सहासी सेनाहरु भएमा मात्र युद्ध जित्न सकिन्छ।

त्यसैले पार्टी भित्र गुटबन्दी हटाइ, कार्यकर्ताहरुको न्यायोचित मुल्यांकन गर्दै , उनीहरुमा जोस, जाँगर र उत्साह भर्न सकियो भनेमात्र कांग्रेस वास्तविक क्रियाशिल पार्टी हुन्छ, शक्तिशाली बन्दछ। त्यसैले नेपाली कांग्रेस भित्रको क्रियाशिल बढाउन क्रियाशिल सदस्य थपेर होइन, भएका क्रियाशिल सदस्यहरुको क्रियाशिलता बढाउनु पर्छ। क्रियाशिल सदस्यताको संख्यात्मक वृद्धि भन्दापनि गुणात्मक वृद्धि तर्फ ध्यान केन्द्रीत हुनुपर्दछ। नेपाली कांग्रेसको साधरण सदस्य चाहिँ व्यापक रुपमा बितरण गरिनुपर्छ।

(लेखक रिजाल नेपाली कांग्रेसका क्रियाशिल सदस्य हुन्।)