१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

राष्ट्रियसभा सदस्य उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित

राष्ट्रियसभा सदस्य उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित
अ अ+ अ-

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाले राष्ट्रियसभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकले वर्तमान राष्ट्रियसभा सदस्य उपाध्यायको निधनमा गहिरो शोक प्रकट गर्दै शोक प्रस्ताव पारिन गरेको हो । उपाध्याय २०७४ सालको निर्वाचनमा प्रदे् ५ बाट नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । क्यान्सर रोगबाट पीडीत उहाँको उपचारको क्रममा शुक्रबार निधन भएको थियो । बैठकले उपाध्यायको निधनमा शोक व्यक्त गदै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै मौनधारण पनि गरेको छ ।

शोक प्रस्तावमा भनिएको छ “प्रतिनिधिसभाको यो बैठक २०७४ सालको निर्वाचनमा प्रदेश नम्बर ५ बाट नेपाली कांग्रेस पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित, सरल एवं भद्र व्यक्तित्वको रुपमा परिचित, सामाजिक कार्य एवं लोकतन्त्र स्थापनाका आन्दोलनहरुमा सदैव अग्रपंक्तिमा सक्रिय नेता दुर्गा प्रसाद उपाध्यायको ५१ बर्षको उमेरमा मिति २०७६ साल फागुन २ गते शुक्रबार क्यान्सर रोगको उपचारको क्रममा असामयिक निधन भएकोमा गहिरो शोक प्रकट गर्दछ र उहाअँको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।”

यसैबीच, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने पुर्व निर्धारित कार्यक्रम पनि स्थगित भएको राष्ट्रियसभा सदस्य उपाध्यायको निधनका कारण स्थगित भएको छ । शुक्रबार स्थगित प्रधानमन्त्रीको सम्बोधन भोली सनिबार हुने भएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक सनिबार बिहान ११ बजेका लागि बोलाईएको छ ।