१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

‘विश्वविद्यालयको नेतृत्व माथि दलिय राजनीति हावी हुन दिन हुदैन’

‘विश्वविद्यालयको नेतृत्व माथि दलिय राजनीति हावी हुन दिन हुदैन’
अ अ+ अ-

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष प्रा. राजेन्द्र ध्वज जोशीले विश्वविद्यालयको नेतृत्व माथि दलिय राजनीति हुन नहुने बताउनु भएको छ ।

संघीय संसद प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा अध्यक्ष जोशीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायलयको अवधारणा तथा विशेषता सम्बन्धी जानकारी गराउँदै अन्य विश्व विद्यालयमा जस्तो दलिय राजनीति हावी हुन दिन नहुने बताउनुभएइको हो । उहाँले देश चलाउने राजनीतिमा दलिय रजानीति आवश्यक भएको तर शिक्षा चलाउने शिक्षा नीतिमा दलिय राजनीति प्रवेश हुन दिन नहुने बताउनुभयो । त्यस्तै विश्वविद्यायललाई सबै नेपालीले अपनत्व गर्ने गरी विकास गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

बैठकमा सांसदहरुले विश्वविद्यालयको स्ट्याण्डर्ड के हुने भन्ने विषयमा अझै स्पस्ट हुन नसकेको बताएका छन् । उनीहरुले विश्व स्तरको विश्वविद्यालय निर्माण गर्ने भनिएपनि विश्वका विश्वविद्यालयको अध्ययन नगरी निर्माण गर्न खोजिकएको बताएका हुन् । सांसद मानबहादुर विश्वकर्माले अर्थमन्त्रालयका तथ्याङ्कहरु प्रस्तुत गरेर विश्वविद्यालयको अवधारणा बनाउन नहुने बताउनुभयो ।

सांसद चित्रालेखा यादवले विश्व विद्यालयमा दलिय राजनीति हुन दिन नहुने भन्ने विषय उचित भएको तर दलिय राजनीति देखियो भने के गर्ने भन्ने विषय आउन नसकेको बताउनुभयो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले विश्व विद्यालयको व्यवस्थापन ट्रष्टबाट हुने र कुलपति, उपकुलपति तथा सहकुलपतिको अवधारणा नरहेको बताउनुभयो । उहाँले प्रेसिडेन्सियल प्रणाली मार्फत सञ्चालन हुने तथा स्थायी कर्मचारीहरु नरहने तथा विज्ञहरुलाई काम लगाइने भएकाले यो अन्य विश्वविद्यालय भन्दा फरक हुने बताउनुभयो ।

समितिमा गत बुधबारदेखि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको थियो । शुक्रबार भने समितिले विश्वविद्यालयको अवधारणा र विशेषताका विषयमा जानकारी लिएको हो ।