२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानीको वातावरण बनाउन तीन तहकै सरकारको समन्वय आवश्यक छ : उपाध्यक्ष ढकाल



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी र विदेशी लगानी आकर्षित गर्न तीन तहकै सरकारले आपसी समन्वयमा लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

शुक्रबारदेखि सुरुभएको खोटाङ्ग महोत्सवलाई सम्बोधन गर्दै ढकालले नयाँ संघीय संरचना अनुसार तीन तहको संरचनाले व्यवसायिक वातावरणमा समस्या परेको बताउँदै यसलाई समाधान गरेर मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले नेपालको प्रदेश नं. १ जडिबुटी, कृषि, पर्यटन, जलविद्युत, खनिज तथा जैविक विविधतामा धेरै नै सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै यस्तो सम्भावनाका क्षेत्रमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानीहरु भित्र्याउन लगानीमैत्री वातावरण बनाउन आग्रह गर्नुभयो ।

स्थानीयस्तरमा गरिने यस्ता मेला महोत्सवले स्थानीय सीप तथा उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय पदाधिकारीहरु, जिल्लानगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी लगायत स्थानीयवासीको ठूलो उपस्थिति रहेको थियो ।