२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमा विप्लव चर्चाः सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्देशन



अ+ अ-

काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहको गतिविधि बारे गृह मन्त्रालयमा चर्चा भएको छ । गृहमन्त्री र उच्च सुरक्षा अधिकारीहरुवीच विहिबार साँझ बसेको सुरक्षा समितिको बैठकमा विप्लव समूहको गतिविधिबारे चर्चा भएको हो ।

सुरक्षा अधिकारीहरुले विप्लव समूहको गतिविधि निस्तेज हुँदै गरेको बताइरँहदा फागुन १ गते प्रकाशित भएको नेत्रविक्रम चन्दको अन्र्तवार्ताले समेत बैठकमा प्रवेश पाएको स्रोतले जनाएको छ । ‘हामी अझै बलियो भयौ भन्ने भनाई आएका छन् गतिविधिको बारेमा बताउनुस’, बैठकमा गृहमन्त्री थापाले भनेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिहरु सहभागी सो बैठकमा महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्व पोखरेल पनि सहभागी भएका थिए ।

गृहमन्त्री थापाले डिआइजी पोखरेललाई लक्षित गर्दै राजधानीमा कस्तो छ उनीहरुको गतिविधि भनेर प्रश्न गरेका थिए । तर त्यसबारे कुनै सूचना नभएका डिआइजी पोखरलले भ्यालीमा कुनै पनि घट्ना हुन नदिने भन्दै पन्छिएका थिए । प्रहरी प्रधानकार्यालय विशेष व्यूरोको तर्फबाट विप्लव समूहको गतिविधिबारे व्रिफिङ गरिएको थियो भने राष्ट्रिय अनुसन्धान विभागले पनि आफ्नो रिपोर्ट पेश गरिएको थियो ।

बैठकमा मन्त्री थापाका अतिरिक्त गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानीरिक्षक ठाकुर ज्ञावाली, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल, अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्व पोखरेलसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सहभागी थिए ।

गृहमन्त्री थापाले छलफलका क्रममा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए । त्यसपछि उनले देशैभरका मातहतका कार्यालयलाई सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्देशन दिएका थिए । गृहमन्त्री थापाले काठमाडौं उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन ।




भर्खरै