२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली समाज नै उन्नत र समृद्ध– डा.महत



अ+ अ-


काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले विश्वको अन्य समाजको तुलनामा नेपाली समाज नै उन्नत र समृद्ध रहेको बताएका छन् ।
जेपी प्रतिष्ठानको रजत महोत्सवका अवसारमा उक्त प्रतिष्ठानद्धारा आज काठमाडौँको लप्सीफेदिमा आयोजित कोटिहवन अनुष्ठानमा आयोजित समारोहमा बोल्दै डा.महतले मानिस सधैँ भौतिक विकासको पछि लागेता पनि आज आएर भौतिकतामा खुशी नभेटेपछि मानिस आध्यात्मिक चिन्तनको पछि लागेको बताए ।
उनले भौतिक विकास मात्र मानिसको खुशी होइन रहेछ भन्ने कुरा आफूले ठूला महल र धेरै सम्पत्ती भएका अमेरिकीहरु पनि खुशी नभएका कैयौँ घटनाहरुबाट अनुभूति गरेको धारणा राखे ।
डा.महतले भने– त्यसैले संसारका सबै समाजहरुको अध्ययन गरी हेर्दा हामीलाई लाग्दछ कि नेपाली समाज नै सबैभन्दा उन्नत, सुखी र समृद्ध छ, अहिले ती पश्चिमाहरु पनि हाम्रो समाजका मौलिकता, हाम्रो संस्कार र परम्पराबाट लोभिने गर्दछन् ।


हाम्रो सांस्कृतिक धरोहर, सामाजिक परम्पार, हाम्रा सम्पदा, आध्यात्मिक चिन्तनले भरिपूर्ण रितीरिवाजहरु र हाम्रो बसुधैव कुटुम्बकमको आधारमा अडिएका हाम्रा संस्कारहरुका कारण हामी नेपाली विश्वमा विशिष्ट छौँ र हाम्रा संस्कारहरु विदेशीले पनि अनुशरण गर्न लायक छन्– उनले भने ।
हाम्रो यही समाजबाट नै हामी आध्यात्मिक चिन्तनको विकास गर्न सक्छौँ र भौतिक विकासका माध्यमबाट समृद्धि हातपार्न सक्ने उनले भने ।
धार्मिक अनुष्ठान र आध्यात्मिक चिन्तनले नै मानिसलाई सकारात्मक र सही मार्गमा लाग्न प्रेरित गर्ने धारणा डा.महतले राखे ।
डा.महतले जेपी प्रतिष्ठनको माध्यमबाट मित्रसेन दाहालले नेपालमा समाजकल्याण र मानवधर्मका धेरै काम गरेको भन्दै उनको समाजसेवी मनको प्रसंशा गरे ।
डा.महतले भने– मित्रसेनजीले ओखलढुंगाबाट आएर यहाँ जे जति समाजसेवाका काम गर्नुभएको छ, त्यति काम हामी सबै नेपालीले गर्ने हो भने नेपाललाई समृद्धिको मार्गमा लैजान सक्छ ।