२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतीघरमा खोला किनारको मापदण्ड खारेजको माग गर्दै प्रदर्शन–  तस्बिरहरु



तस्बिरः सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोलाको मापदण्ड खारेजको माग गर्दै खोला किनारका पीडितहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।

बिहिबार गैरन्यायिक खोला मापदण्ड खारेजको माग गर्दै गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले प्रदर्शन गरेका हुन् ।

पीडितहरुले ‘मापदण्डको नाममा जनता विस्थापित गर्न पाइदैन, फैसला होइन न्याय देउ, जनतालाई उठिबास गर्ने गैरन्यायिक खोला मापदण्ड खारेज गर’ लगायतका नारा लगाएका छन् ।

यसअघि नदी क्षेत्र संरक्षणका लागि सर्वोच्च अदालतले बागमती, विष्णुमती, मनोहरा लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा थप २० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।

 तस्बिरहरुः अनुप प्रधान/ न्युज एजेन्सी नेपाल