२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास जग्गा प्रकरणमा विष्णु पौडेल निर्दोष छन्: डा. सुन्दरमणि दीक्षित



अ+ अ-

ललिता निवास जग्गा प्रकरणमा विष्णु पौडेल निर्दोष भएको नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचार नियन्त्रणमा वर्तमान असफल भएको पनि उनले आरोप लगाए । उनले भने,‘भ्रष्टाचार नियन्त्रण गर्न पनि ओली असफल भए ।’ बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जसरी मुद्दा हालियो त्यसमा पनि विभेद भएको उनको टिप्पणी छ ।

उनले भने,‘अख्तियारले गर्नै नहुने काम गर्‍यो । विजय कुमार गच्छदारलाई मुद्दा हाल्दा तत्कालिन प्रधानमन्त्रीलाई किन मुछिएन ? बदमासी गच्छदारको होला तर, त्यतिवेला प्रधानमन्त्री त माधव नेपाल हुनुहुन्थ्यो, उनले किन रोकेनन् । अख्तियारले छोड्नै नहुने थियो ।’

उनले यो प्रकरणमा नेकपाका महासचिव विष्णु प्रसाद पौडेल निर्दोष भएको बताए । उनले भने,‘राजनीतिक रुपमा पनि उनी त्यतिवेला शक्तिमा थिएनन्, उनले पावर लगाउने कुनै कुरै थिएन । उनलाई त दलालले जग्गा देखाए, उनले किनिदिए । म त विष्णु पौडेलका छोरा नवीन पौडेल पनि दोषी भन्दिन । तर, उनीहरुले अहिले जसरी जग्गा फिर्ता गरेर सरकारीकरण गराए, यो त आत्तिएर दिए । मुद्दा लडेको भए हुन्थ्यो । महाबदमासी त्यही क्याविनेटबाट भएको हो ।’ तत्कालीन प्रधानमन्त्री नेपाल दोषी भएको बताउँदै उनले उनलाई अख्तियारले त्यसै छाड्न नहुने तर्क गरे ।

उनले वर्तमान सरकार गठन भएको दुई वर्ष पूरा भएको सुनाउँदै यो अवधिमा सरकारले जनताले देखिनेगरि खासै काम गर्न नसकेको आरोप लगाए । उनले भने,‘सरकारले काम गर्न सकेन् । यो सरकार सफल होईन ।’ बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।