४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नयाँ वर्षको आगमनसँगै गाजावासीहरू जीवन पुनः निर्माणको पर्खाइमा

नयाँ वर्षको आगमनसँगै गाजावासीहरू जीवन पुनः निर्माणको पर्खाइमा
(260101) -- GAZA, Jan. 1, 2026 (Xinhua) -- A young Palestinian man dressed as Santa Claus distributes sweets to displaced children ahead of the New Year at a temporary shelter in the Sheikh Radwan neighborhood, northwest of Gaza City, on Dec. 31, 2025. (Photo by Rizek Abdeljawad/Xinhua)
अ+ अ-

एजेन्सी । विश्व समुदायले सन् २०२६ को स्वागत गरिरहँदा लामो समयदेखि युद्धको चपेटामा परेको गाजा क्षेत्रका प्यालेस्टाइनीहरू भने शान्ति पुनर्वहाली र जीवनको नवनिर्माणको व्यग्र प्रतिक्षामा छन् ।

द्वन्द्व र अस्थिरताकाबीच यहाँको जनमानसले नयाँ वर्षलाई केवल क्यालेन्डरको पाना फेरिने दिनको रूपमा मात्र नभई युद्धविराम र मानवीय गरिमा फिर्ता पाउने एक महत्वपूर्ण अवसरको रूपमा हेरेका छन् । दशकौंदेखि युद्धको विभिषिका र अकल्पनीय पीडा भोगेका स्थानीय बासिन्दाहरूको मुख्य चाहना भनेकै गाजा र वेस्ट बैंकमा जारी हिंसाको अन्त्य हो ।

उनीहरूको सामूहिक बुझाइमा जबसम्म युद्ध रहन्छ, तबसम्म जीवनको कुनै अर्थ रहँदैन । तर बन्दुकका नालहरू शान्त भएमा जीवन पुनः सुन्दर बन्नसक्छ । त्यसैले, सन् २०२६ मा यो भूमिमा पूर्ण शान्ति र सुरक्षाको प्रत्याभूति होस् भन्ने साझा कामना यहाँको सडकदेखि शिविरसम्म गुञ्जिरहेको छ । नागरिकहरू अब भयमुक्त वातावरणमा सास फेर्न र सुरक्षा शब्दको वास्तविक महशुस गर्न चाहन्छन् । युद्धले ध्वस्त पारेको अर्थतन्त्र र दैनिक जनजीवनको सामान्यीकरण यहाँको अर्को प्रमुख मुद्दा बनेको छ ।

स्थानीय बासिन्दाहरू भन्छन् कि उनीहरू अनियन्त्रित महंगी नियन्त्रणमा आओस् र बजार भाउ युद्धअघिकै अवस्थामा फर्कियोस् भन्ने चाहना राख्छन् । विश्वका अन्य मुलुकका नागरिकसरह मलहरूमा गएर आफ्ना दैनिक आवश्यकताका सामानहरू निर्धक्क खरिद गर्न पाउने सामान्य अधिकारको खोजीमा उनीहरू छन् । साथै, गुमेका रोजगारीहरू पुनः प्राप्त गरी, मानिसहरू काममा फर्किउन् र गाजा एक स्थिर अर्थतन्त्र भएको क्षेत्रको रूपमा उभियोस् भन्ने आकाङ्क्षा पनि उत्तिकै प्रबल देखिन्छ ।

सन् २०२३ को अक्टोबर ७ अघिको अवस्थामा जीवन फर्कियोस् भन्ने गहिरो अभिलाषा राख्दै, पीडितहरूले भत्किएका संरचनाहरूको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपेक्षा गरेका छन् । सडकमा आश्रयविहीन भएर खुला आकाशमुनि बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै, ध्वस्त भएका घरहरू, अस्पताल र स्वास्थ्य सेवाहरू पुनः सुचारु हुनुपर्नेमा उनीहरूको जोड छ । विशेष गरी, बालबालिकाहरू पुनः विद्यालय जान पाऊन् र उनीहरूको शैक्षिक भविष्य सुनिश्चित होस् भन्ने अभिभावकहरूको हृदयस्पर्शी चाहना रहेको छ ।

युद्धका तमाम भयावह दृश्यहरू र त्रासका बाबजुद पनि यहाँका नागरिकहरू आफ्नो देश छोडेर पलायन हुन चाहँदैनन् । उनीहरू आफ्नै माटोमा पुनस्र्थापित भई शान्ति, सुरक्षा र भरोसाको वातावरणमा बाँच्न चाहन्छन् ।