१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

करिब एक लाख पर्यटकले अवलोकन गरे ‘झण्डा महोत्सव’

करिब एक लाख पर्यटकले अवलोकन गरे ‘झण्डा महोत्सव’
अ अ+ अ-

लहान । सिरहाको सखुवानन्कारकट्टी गाउँपलिकास्थित महेशबारीमा सम्पन्न दोश्रो झण्डा मेला महोत्सव २०७६ मा करिब एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् । पर्यटन तथा कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले गत माघ २३ गतेदेखि फागुन ३ गतेसम्म आयोजना गरिएको १० दिने महोत्सवमा नेपाल तथा छिमेकी देश भारतका करिब एक लाखभन्दा बढीले प्रत्यक्ष अवलोकन गरेको महोत्सव आयोजक समितिका सदस्य महेन्द्र यादवले जानकारी दिए।

‘कला संस्कृति हाम्रो स्वाभिमा, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव स्थलमा निर्माण गरिएको १५ फिट अग्लो हनुमानको प्रतिमामाथि ८५ फिट अग्लो ध्वजासहित बनाइएको झण्डा पर्यटकहरुको प्रमुख आकर्षक बनेको थियो । यसका साथै महोत्सव स्थलमा राखिएको घरायसी आधुनिक औजार र स्थानीयस्तरमा उत्पादन हुने विभिन्न कृषि सामग्रीहरुको प्रदर्शन हुने विभिन्न ५० प्रदर्शनी कक्षको समेत पर्यटकहरुले अवलोकन गरी विभिन्न सामानहरु खरिद गरेको गाउँपालिकाका अध्यक्ष केदरानाथ यादवले जानकारी दिए ।

सखुवानन्कारकट्टी गाउँपलिकाको आयोजना सम्पन्न महोत्सवमा पर्यटकहरुको आकर्षणका लागि सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर, बाल मनोरञ्जनलगायत शिक्षामूलक कार्यक्रमसमेत राखिएको थियो । महोत्सवमा सूर्य चन्द्र अङ्कित नेपालको राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि झण्डा मेला महोत्सव नामकरण गरिएको थियो ।

परम्परागत वेषभूषा तथा संस्कृति जगेर्ना, कृषिलाई आधुनिकीकरण गर्न प्रोत्साहन, हस्तकला तथा घरेलु उत्पादनहरुको प्रदर्शनी र नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० सफल बनाउन आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउनका लागि महोत्सवको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिए ।