२८ भाद्र २०८३, आईतवार
,
Latest
सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजय शाहीले गिनिज बुक्समा नाम लेखाए …



अ+ अ-

काठमाडौँ: दुई तीन वर्षअघि ठेलीका ठेली किताब एक्कै छिनमा पढेर स्मरणशक्ति कलामा सबैलाई छक्क पारेका कालीकोटे युवा विजय शाहीले फेरि अर्को इतिहास रचेका छन् ।  उनले यस पटक योगामा नयाँ कीर्तिमान राख्दै गिनिज बुक्समा नाम लेखाउन सफल भएका छन् ।

शाहीले ‘अपवार्ड लोटस पोज’ (उर्ध्व पद्मासन) योगा लगातार २७ मिनेट ०३ सेकेन्डसम्म कायम राखेर असाधारण शारीरिक सहनशक्ति र मानसिक अनुशासन प्रदर्शन गर्दै उक्त कीर्तिमान कायम गरेका हुन्।

भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माले योग विधामा गिनिज वर्ल्ड रेकर्ड प्रमाणपत्र हासिल गरेका कालिकोटका युवा विजय शाहीलाई भारतस्थित नेपाली दूतावासमा सम्मान गरेका छन्।

उक्त उपलब्धिका लागि बधाई दिँदै राजदूत शर्माले शाहीको समर्पणको प्रशंसा गर्दै यस सफलताले नेपाललाई गौरव दिलाउनुका साथै योग तथा स्वास्थ्य परम्परामा नेपालको समृद्ध योगदानलाई उजागर गरेको शर्माले ट्वीट गर्दै लेखेका छन् ।