२८ श्रावण २०८३, बिहीबार
,
Latest
‘कर्जा प्रवाह मध्ये ८० प्रतिशत सवारी साधन र २० प्रतिशत मोबाइलमा’ सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर अटो बीमा दाबीमा समस्या होइन, प्रक्रियाबारे बुझाइको कमी हो : एनएलजी इन्स्योरेन्सका सीईओ पन्त राष्ट्र बैंक निर्देशक सुवेदी : ईभीमा ८० र आईसी गाडीमा ६० प्रतिशत एलटीभी कायम आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ: अर्थमन्त्री डा.स्वर्णिम वाग्ले हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे… कृषि समितिमा सत्तारुढ दलकै सांसदले खोजे मन्त्री, समितिलाई हलुका नबनाउन सुझाव ‘एयर सेफ्टी लिस्ट’बाट हट्न सरकार प्रयत्नशीलः मन्त्री पौडेल राेल्पा पहिराेः मृत्यु हुनेकाे सङ्ख्या सात पुग्यो, पाँच अझै बेपत्ता बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा तोकिएको मितिमा नै निर्वाचन हुने अवस्था बन्योः प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ ।

राजनीतिक दल र युवा पुस्ताबीचको निरन्तर सम्वादले मुलुक तोकिएकै मितिमा निर्वाचन हुने अवस्था पुगेको उहाँको भनाई थियो । नेपाल उद्योग वाणिज्य महासंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न हुने अवस्थामा मुलुकलाई पु¥याउन योगदान दिएको भन्दै राजनीतिक दल, निर्वाचन आयोगलगायतप्रति आभार समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मुलतः शुसाननको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्न यो सरकार गठन भएको सबैलाई विदितै छ । सरकार, राजनीतिक दल तथा युवाहरुसँग निरन्तर सम्वाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पनि हामी पुगेका छौ । यसका लागि म सम्पूर्ण राजनीतिक दल, निर्वाचन आयोगलगायतका सरोकारवालाहरुप्रति हामी आभारी छौँ । नेपालको राजनीतिमा ७५ वर्षमा आधा दर्जन जति परिवर्तनकारी राजनीतिक आन्दोलन भए । यस अवधिमा अन्तरिम सहित ५ पटक संविधान नयाँ बने । तर तत्कालीन समयमा उत्कृष्ट मानिएका धेरै राजनीतिक परिवर्तन पनि दिगो हुन सकेन । किनभने यी राजनीतिक परिवर्तनले समयानूकूल आम नागरिक जिविकामा सुधार गर्न सकेन । पेशा, व्यवसाय र रोजगारीका अवसर पर्याप्त भएन । हाम्रा आचरण र व्यवहार पनि न्यायपूर्ण हुन सकेन । परिणाम त नागरिकममा निराशा विष्फोटमा परिणत हुन पुग्यो ।’

प्रधानमन्त्री कार्कीले जनताका निराशालाई सम्बोधन गर्न नसक्दा मुलुक विभिन्न संकटको चपेटामा फस्ने गरेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने बताउनु भयो ।