१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगमी निर्वाचनमा सबै मिलेर लागौँः पशुपति शमशेर जबरा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशपति शमशेर जबराले आगामी निर्वाचनमा धेरै भन्दा धेरै सिट जित्नेगरी निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

राप्रपा र राप्रपा, नेपालबीचको एकता सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आउने चुनावको सामना गर्नसक्ने आँट सबैभन्दा ठूलो कुरा भएको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा सबै मिलेर लाग्नुपर्ने बताउनु भयो । सबै मिलेपछि महत्वपूर्ण जित निकाल्न सकिने उहाँको जिकिर छ । हरेक नगरपालिका, गाउँपालिका, हरेक जिल्ला, हरेक निर्वाचन क्षेत्रमा प्रयत्न गर्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब आउने चुनाव सामना गर्ने आँट हाम्रो सबैभन्दा ठूलो कुरा हो । त्यसमा हामी सबै मिलेर त्यसमा लागौँ । कमल थापाजीलाई म स्वागत गर्दछु । हामी सबै मिलेपछि महत्वपूर्ण जित निकाल्नेछौँ । हामीले हरेक नगरपालिका, गाउँपालिका, हरेक जिल्ला, हरेक निर्वाचन क्षेत्रमा हाम्रो प्रयत्न हुनुपर्छ । तर जहाँ हाम्रो सम्भावना दरो छ, जहाँ जित्ने निर्वाचन क्षेत्र छ, त्यसमा हामी लागि पर्नुपर्छ ।’

पूर्वअध्यक्ष जबराले सबै नेताहरु निर्वाचनमा केन्द्रित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।