१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा कुनै पनि हालतमा विधिभन्दा बाहिर जाँदैनः रवि लामिछाने



अ+ अ-

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपा कुनै पनि हालतमा विधिभन्दा बाहिर नजाने दाबी गरेका छन्।

बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी परिवारवादविरुद्ध स्पष्ट रहेको र विधानले नै त्यस्तो व्यवस्था नदिने बताए।

समानुपातिक बन्दसूचीमा परेका केही व्यक्तिबारे उठेको आलोचनाको जवाफ दिँदै लामिछानेले समय अभावका कारण तयारीमा कमी हुनसक्ने स्वीकार गरे। उनले जायज गुनासोहरू दुई दिनभित्रै रिभ्यू गरेर सम्बोधन गरिने स्पष्ट पारे।

पछिल्ला राजनीतिक घटनाक्रमका कारण समाजका सबै तहका सचेत नागरिक राजनीतिमा सक्रिय हुन खोजिरहेको उनको भनाई छ। “राजनीति दुषित हुँदा राजनीतिबाट टाढा रहेका मानिसहरू पनि जुर्मुराएका छन्,” उनले भने।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न उनी पोखरा आएका हुन् । जिल्ला अदालत कास्कीमा तारिखका लागि उपस्थित हुन पोखरा आएका रवि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका थिए। जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गर्न आदेश दिएको थियो।