२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानले पुनः हतियार जुटाउने प्रयास गरे आक्रमण हुन्छः ट्रम्प



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि तेहरानले पुनः हतियार जुटाउने प्रयास गरेमा इरानमाथि फेरि आक्रमण गर्ने चेतावनी दिनुभएको छ । फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई स्वागत गर्दै ट्रम्पले उनीहरूलाई पराजित गर्ने बताउनु भयो ।

सम्झौता गर्नु इरानका लागि धेरै बुद्धिमानी हुने बताउनु भयो । वार्ताका क्रममा नेतान्याहुले ट्रम्पलाई इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमको विस्तारले खतरा निम्त्याउने र यसले तत्काल कारबाही आवश्यक बनाउनसक्ने बताउनु भयो ।

जुन १३ मा इजरायलले इरानका आणविक र सैन्य स्थलहरू लगायतका धेरै क्षेत्रहरूमा अचानक हवाई आक्रमण गरेको थियो । जसमा वरिष्ठ कमाण्डरहरू आणविक वैज्ञानिकहरू र सर्वसाधारण मारिएका थिए । जुन २२ मा अमेरिकी सेनाले नातान्ज, फोर्डो र इस्फाहानका तीन इरानी आणविक केन्द्रहरूमा बमबारी गरेको थियो ।