२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको कुल घरेलु उत्पादन पहिलो त्रैमासिकमा ३.७१ प्रतिशतले वृद्धि



अ+ अ-

इस्लामावाद। पाकिस्तानका योजना तथा विकासमन्त्री अहसान इकबालका अनुसार, आर्थिक वर्ष सन् २०२५–२६ को पहिलो त्रैमासिकमा देशको कुल घरेलु उत्पादनमा ३.७१ प्रतिशत वृद्धि भएको छ ।

मन्त्रीका अनुसार उक्त वृद्धि अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा २.१५ प्रतिशत बढी हो र यसलाई देशको आर्थिक प्रगतिको गुणात्मक सुधारको रूपमा लिइएको छ ।

उक्त वृद्धिमा मुख्य योगदान औद्योगिक क्षेत्रले दिएको हो, जुन पहिलो त्रैमासिकमा ९.३८ प्रतिशतले बढेको छ, जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा केवल ०.१२ प्रतिशत वृद्धि भएको थियो ।

मन्त्रीले भन्नुभयो,“ सन् २०२५ मा आएको बाढीजन्य अवरोध, वित्तीय कडाइ, ऊर्जा अनुदानको अन्त्य र खाद्य महँगीजस्ता चुनौतीहरूका बाबजुद पनि यो आर्थिक उपलब्धि हासिल गरिएको हो ।”  (रासस/सिन्ह्वा)