१६ श्रावण २०८३, शनिबार
,
Latest
एक वर्षमा ३३३ उद्योग दर्ता सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरूद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण



अ+ अ-

जिउक्वान। चीनले मङ्गलबार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ ।

लङ मार्च–४बी रकेटमार्फत प्रक्षेपण गरिएको ‘तियानहुई–७’ उपग्रह स्थानीय समयअनुसार दिउँसो १२ः१२ बजे उडान भरेको हो । प्रक्षेपण केन्द्रका अनुसार उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरिसकेको छ ।

यो उपग्रह मुख्य रूपमा भौगोलिक नक्साङ्कन, भूमिस्रोत सर्वेक्षण तथा वैज्ञानिक अनुसन्धानका कार्यमा प्रयोग गरिने बताइएको छ । उक्त प्रक्षेपण लङ मार्च रकेट शृङ्खलाको ६२२औँ उडान मिसन हो ।

चीनको अन्तरिक्ष प्रविधि तथा पृथ्वी अवलोकन क्षमतामा यो प्रक्षेपणले थप प्रगति दर्शाएको छ । (रासस/सिन्ह्वा)