१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

तीन दिनदेखि परेको शीतलहरबाट नवलपुरको जनजीवन प्रभावित

तीन दिनदेखि परेको शीतलहरबाट नवलपुरको जनजीवन प्रभावित
अ अ+ अ-

नवलपरासी। आइतबार साँझदेखि परेको शीतलहरका कारण नवलपुरको जनजीवन प्रभावित भएको छ ।

भित्री मधेसमा पर्ने यस जिल्लामा शनिबारदेखि घाम नलाग्दा जाडो बढेको भए पनि आइतबार साँझदेखि भने शीतलहरसँगै बाक्लो हुस्सु लाग्दा जनजीवन प्रभावित भएको हो ।

आइतबार रातिदेखि नै सिमसिम पानी परेकोजस्तै गरी परेको शीतलहरका कारण अत्यधिक चिसो बढेपछि अत्यावश्यक कामबाहेक जिल्लावासी घरबाहिर  निस्किएका छैनन् । स्थानीय बजारसमेत सुनसान बनेको व्यवसायीहरू बताउँछन् । गैँडाकोटका किराना व्यवसायी किशोर लम्सालले शीतलहरका कारण पसलमा उपभोक्ता थोरैमात्र आएका बताउनुभयो ।

“चिसोका कारण मानिसहरू घरबाहिर निस्किएकै छैनन्, पसल खोलेर बस्ने अवस्था मात्रै आएको छ”, उहाँले भन्नुभयो, “शीतलहरका कारण चिसो एकदमै बढेको छ ।” चिसो बढेपछि मानिसहरूले चोकचोकमा आगो बालेर ताप्न थालेका छन् । यस वर्ष आइतबार साँझदेखि अलि धेरै चिसो बढेको भन्दै गैँडाकोट–२ का खगेन्द्र कँडेलले जाडो महिनाभर नगरवासीलाई आगो ताप्ने व्यवस्था गरिदिन स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

“जाडोमा राज्यले हामीलाई उपेक्षा गरेको छ, वन र पालिकालेसमेत आवश्यक सहयोग गरेका छैनन्”, उहाँले भन्नुभयो, “राज्यले एउटा मुढा दिएर उत्पातै गरेकोजस्तो गरेको छ, सामुदायिक वनको हालत पनि उस्तै हो ।” सामुदायिक वनले पनि उपभोक्तालाई एकदुइटा मुढामात्रै दिने गरेको भन्दै कँडेलले त्यो मुढा खासै प्रभावकारी नभएको बताउनुभयो । “जाडो बढेपछि एक दिनमा दुईतीनवटा मुढा बलेर सकिन्छ”, उहाँले भन्नुभयो, “वनले दिएको मुढा एक दिनलाई पनि पुग्दैन अरु दिनको जाडोमा के गर्ने ?”

यो जाडो अझै बढेको अवस्थामा धेरै जिल्लावासीहरू निमोनियासहित चिसोका कारण लाग्ने रोगबाट प्रभावित हुनसक्ने कँडेलले बताउनुभयो । चिसोका कारणा बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुने गरेको उहाँको भनाइ छ । राज्यले नागरिकलाई चिसोबाट जोगाउन भूमिका खेल्नुपर्ने कँडेलको भनाइ छ ।

गैँडाकोट–१ का मनोज केसीले विगतमा भन्दा यस वर्ष शीतलहर लामो समय देखिएको बताउनुभयो । “सोमबार राति त पानी नै परेको जसरी शीतलहर परेको थियो, जसले जाडो झनै बढाएको छ”, उहाँले भन्नुभयो, “घाम नलागेको चार दिन भइसक्यो, यो अवस्था अझै कति दिन लम्बिने हो ।” चिसोले पाकाउमेरका मानिसलाई धेरै प्रभावित पार्ने गरेको भन्दै केसीले भन्नुभयो, “घरभित्र कति बस्नु बाहिर निस्किए जाडो हुन्छ, आगो ताप्ने र बस्ने ठाउँको व्यवस्था गरिदिए जाडोमा पनि न्यानो अनुभूति गर्न पाइन्थ्यो ।”

नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जाडोमा दाउरा वितरण गर्नका लागि वनमा पर्याप्त मात्रामा दाउरा रहेको बताउनुभयो । “जाडो बढेपछि हामीले जिल्लाका पालिकहरूलाई पत्राचार गरेर दाउरा माग्न अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म कुनै पनि पालिकाले यति दाउरा वा मुढा चाहियो भनेर हामीसँग माग गर्नुभएको छैन ।” जिल्ला प्रशासन कार्यालयले सिधै जनतासँग पुगेर दाउरा बाँड्नेभन्दा पनि पालिकासँग सहकार्य गरेर सहजीकरण गरिदिने रानाको भनाइ छ ।

“हामीले धेरै सेवाग्राही पुग्ने सरकारी कार्यालयमा दाउरा वितरण गरिसकेका छौँ, त्यहाँ पुग्ने सेवाग्राहीलाई आगो ताप्ने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “चोकचोकमा आगो बाल्नका लागि पालिकाले मागेमा आवश्यकताअनुसार दाउरा उपलब्ध गराउँछौँ ।” शीतलहर तथा जाडोबाट जिल्लावासीलाई जोगाउनका लागि आफूहरूले कार्ययोजना बनाएरै काम गरिरहेको उहाँले बताउनुभयो । रासस