१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

न्यु डायमण्ड सेमिफाइनलमा

न्यु डायमण्ड सेमिफाइनलमा
अ अ+ अ-

विभागीय टोली नेपाल पुलिस क्लवले एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकाल्दै समूहविजेताका रूपमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘बी’ को खेलमा मंगलबार पुलिसले विभागीय डर्बीमा एपिएफमाथि ३–२ को जित निकाल्यो । समूहमा बलियो मानिएको एपिएफलाई हराउँदै पुलिसले विजेता बन्ने सम्भावना बलियो बनाएको हो ।

पुलिसले पहिलो दुई सेट २५–२१ र २५–२५ ले हराउँदै सोझो सेटमा जित निकाल्ने संकेत गरेको थियो । तर, तेस्रो सेट प्रतिस्पर्धात्मक बन्यो । यो सेट एपिएफले २५–२२ ले आफ्नो बनाउँदै खेलमा पुनरागमन गर्ने प्रयास गर्यो ।

चौथो सेट पनि एपिएफले २५–२१ ले जितेपछि खेल पाँचौं सेटतर्फ धकेलियो । यो सेट जितेपछि एपिएफले कम्तीमा एक अंक पनि सुरक्षित ग¥यो । निर्णायक तथा पाँचौं सेटमा एपिएफले लय जारी राख्न सकेन ।

एपिएफले १५–९ ले सेट आफ्नो बनाउँदै दुई अंक बटुल्यो । यो जितपछि पुलिस सेमिफाइनलमा पुग्यो । तीन खेलबाट एपिएफले सात अंक बटुल्यो । एक खेल कम खेलेको पुलिसको पाँच अंक भएको छ ।

अब पुलिसले समूहको अन्तिम खेल बुधबार मधेश प्रदेश स्पोर्टस  काउन्सिलसँग खेल्नेछ । चार टोली रहेको समूहमा अन्तिम खेल जित्दै पुलिस समूहविजेता बन्ने लक्ष्यमा छ । मधेशले दुई खेलबाट अंक जोड्न सकेको छैन ।

तीन खेल खेलेको सुदूरपश्चिम प्रदेश स्पोर्टसकाउन्सिलले तीन अंक बटुल्दै प्रतियोगिताको यात्रा टुङ्गाएको छ । महिलाततर्फ सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ बाट न्यु डायमन्ड युथ स्पोर्टसक्लव विजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । न्यु डायमण्डले समूहको अन्तिम खेलमा एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा हरायो ।

न्यु डायमण्डले एभरेस्ट क्लबलाई २५–२१, २५–१५ र २५–१४ ले सहजै पराजित ग¥यो । न्यु डायमण्डको जितसँगै त्रिभुवन आर्मी क्लब यो समूहबाट उपविजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भयो । समान तीन खेलबाट न्यु डायमण्डले ९ अंक र आर्मीले ६ अंक जोड्यो । दुई खेलबाट एभरेस्ट र चुली युवा क्लब जितविहीन छन् ।

यी दुई टोली बुधबार भिड्ने तालिका छ । पुरुषतर्पm समूह ‘ए’ को एपिएफ र समूह ‘बी’ को खिल्जी युवा क्लब पनि उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुगेका छन् ।

तीन टोली रहेको समूहमा दुवै टोलीले पहिलो खेल गुमाएका थिए । तर, समूहको अन्तिम तथा निर्णायक खेलमा एपिएफले मणिमुकुन्द भलिबल क्लव र खिल्जीले ढोरपाटन क्लबलाई सोझो सेटमा हराउँदै नकआउट चरणको यात्रा तय गर्न सफल भएका हुन् ।

एपिएफले मणि मुकुन्दलाई २५–१०, २५–१६ र २९–२७ ले हरायो । समूह ‘ए’ बाट हेल्प नेपाल स्पोटर््स क्लब विजेताको रूपमा क्वार्टरफाइनलमा पुगिसकेको छ । अर्घाखाँचीको खिल्जी युवा क्लबले दुई भारतीय खेलाडीसहित यो प्रतियोगिता खेल्ने आएको हो । विदेशी खेलाडीको राम्रो साथ नपाउँदा खिल्जी समूहविजेता बन्न सकेन ।

समूह ‘बी’ अन्तिम खेलमा खिल्जी ढोरपाटनमाथि २५–१५, २५–१९ र २५–२३ ले हराउँदै क्वार्टरफाइनलमा पुग्न सफल भयो । समूह ‘सी’ बाट रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर र समूह ‘डी’ बाट त्रिभुवन आर्मी क्लब विजेताका रूपमा क्वार्टरफाइनलमा पुगिसकेका छन् । –न्युज एजेन्सी नेपाल