२८ श्रावण २०८३, बिहीबार
,
Latest
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा तमानखोला गाउँपालिकाको उदाहरणीय काम गत्लाङमा डिजिटल ‘क्युआर कोड’ पुस्तकालय निर्माण निर्यातभन्दा आयात पाँचगुणा बढी कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्योः मुख्यमन्त्री कार्की फ्रान्स-स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति विश्व प्रेस काउन्सिलको आपत्ति अब सरकारी कार्यालयमा बिचौलिया निषेध, फारम भर्न निःशुल्क सहायता कक्ष राखेपको बोर्ड बैठकः १० औँ राष्ट्रिय खेलकुद आगामी मंसिरमा, एशियाली खेलकुदका लागि २१८ जनाको टुङ्गो काँग्रेसको १५ औँ महाधिवेशनः असोज १६–१९ को मिति यथावत, तल्लो तहको कार्यतालिकामा केही हेरफेर हुनसक्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा भयरहित निर्वाचन कसरी हुन्छ भन्ने यक्षप्रश्न यथावत छः प्रदीप ज्ञवाली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुकमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने वातावरण बन्न नसकेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भगाईएका कैदी, लुटिएका हतियार र सुरक्षाकर्मीहरुको कमजोर मनोबलाका कारण मुलुकमा भयरहित वातावरणमा कसरी निर्वाचन हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत रहेको बताउनुभएको हो । नेता ज्ञवालीले फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरिएपनि विघटित प्रतिनिधि सभाका बहुमत सांसदहरुले विघटनविरुद्ध उठाएका प्रश्नको संवैधानिक तथा न्यायिक परीक्षण हुन पनि बाँकि रहेको अवस्था आएकाले निर्वाचन हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको जिकीर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरिएको छ । र एकातिर प्रतिनिधि सभाका बहुसंख्यक सदस्यहरुले प्रतिनिधिसभा विघटनाका विरुद्ध उठाएका गम्भिर प्रश्नको संवैधानिक र न्यायिक परीक्षण हुन बाँकि नै छ । अर्कोतिर भगाईएका हजारौ कैदी, लुटिएका सयौं आधुनिक हतियार र सुरक्षाकर्मीहरुको कमजोर मनोबलका कारण सिर्जित सुरक्षा चुनौतिका बीचमा भयरहित निर्वाचन कसरी सम्भव हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत नै छ ।’

एमाले नेता ज्ञवालीले पपुलिजमको आधारमा मुलुकलाई अघि बढाउन नसकिने पनि स्पष्ट पार्नुभयो ।