३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

पूर्वप्रधानमन्त्री देउवाले भनेः राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् ?

पूर्वप्रधानमन्त्री देउवाले भनेः राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् ?
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका कानुनी कारबाही र राजनीतिक षड्यन्त्रबाट आफू नडराउने बताएका छन् ।

बिहीबार नेपाल फर्किएका देउवाले विमानस्थलमा अपेक्षाकृत नरम धारणा राखे पनि संस्थापन इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेर नेता–कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भने आक्रामक अभिव्यक्ति दिएका हुन् ।

देउवाले आफू र पत्नी आरजु राणा देउवाविरुद्ध विभिन्न निकायमा मुद्दा तथा अनुसन्धान अघि बढाइएको भन्दै त्यसबाट आफू विचलित नहुने स्पष्ट पारे । आफूहरूविरुद्ध अन्तर्राष्ट्रिय स्तरमै मुद्दा अघि बढाउने प्रयास भए पनि त्यसले कुनै परिणाम नदिएको उनको दाबी थियो ।

नेपालमै समेत आफूहरूमाथि मुद्दा चलाइएको उल्लेख गर्दै देउवाले अदालतले पक्राउ नगर्न आदेश दिँदासमेत आफूहरूमाथि ‘बदमासी’ गरिएको आरोप लगाए ।

उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफूहरूमाथि पटकपटक अनुसन्धान गरे पनि कुनै तथ्य फेला नपरेको दाबी गरे । अनुसन्धानका नाममा आफूलाई दुःख दिने प्रयास भए पनि त्यसलाई लिएर आफूले बदलाको भावना नराख्ने उनको भनाइ थियो ।

देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले समेत आफूलाई केही गर्न नसकेको भन्दै अहिले आफूविरुद्ध लाग्नेहरूले पनि केही गर्न नसक्ने टिप्पणी गरे ।

‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् यहाँ ?’ भन्दै उनले आफूविरुद्ध भइरहेका गतिविधिको जवाफ समयले नै दिने बताए ।

उनले नेपालमा गणतन्त्र आफ्नो व्यक्तिगत चाहनाका कारण नआएको भन्दै संविधानसभाको निर्णय र नेपाली जनताको चाहनाबाट गणतन्त्र स्थापना भएको बताए । आफूले चाहेर मात्रै गणतन्त्र आउन वा हट्न नसक्ने उनको भनाइ थियो ।

‘नेपाली जनता सबैभन्दा ठूलो हो, जनता मालिक हो । मालिकले जे भन्यो त्यही हुन्छ,’ देउवाले भने ।

आफू धेरै विषयमा प्रतिक्रिया दिइरहन नचाहेको उल्लेख गर्दै उनले देशको अदालत र जनताले सबै कुरा बुझेको दाबी गरे । आफूविरुद्ध भइरहेका गतिविधिबारे अन्ततः समयले नै फैसला गर्ने उनको भनाइ थियो ।