६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह News Polar एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा News Polar भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु News Polar डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट News Polar कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

२०२५को अन्तिम पलेँटीमा गुन्जिए आभासका संगत र सहकार्यका धुन

२०२५को अन्तिम पलेँटीमा गुन्जिए आभासका संगत र सहकार्यका धुन
अ+ अ-

काठमाडौँ: गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको आरशालामा संगीतकार आभासको सिर्जनात्मक पलेँटी सम्पन्न भएको छ ।

आभासका सांगीतिक धुनहरू समेटिएको यसपालिको पलेँटीलाई संगत र सहकार्य‘ शीर्षक दिइएको थियो । कार्यक्रममा विभिन्न सर्जकका १५ वटा गीति रचनाहरू प्रस्तुत भएका थिए ।

कार्यक्रमलाई आभास आफैंले न्यारेट‘ गर्दै गीति रचनाहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुवात उनले पहिलो पल्ट स्टेजमा गाएको एकल गीत भुइँ कुहिरो उड्न थाल्यो बाट भएको थियो । संगीतकार तथा गीतकार चन्द्र भण्डारीले सिर्जना गरेको यस गीतमा वैचारिक दृढताको अनुभूति झल्कन्थ्यो ।

हरेक गीतको प्रस्तुतिसँगै आभासले त्यस गीतसँग जोडिएको रचनागर्भको चर्चा गरेका थिए । जसमा कहिले गीतकार जोडिन आइपुग्थे भने कहिले संगीतकार । कहिले रोचक संस्मरण जोडिन आइपुग्थे भने कहिले भावुक सम्झना । मिठो मुस्कान सहित प्रस्तुत भएका आभास कार्यक्रमको शीर्षक अनुरूप संगत र सहकार्यकै वरपर घुमिरहेका सुनिन्थे 

दोस्रो र तेस्रो प्रस्तुतिमा आभासको पहिलो सांगीतिक एल्बम पलापला’ मा संग्रहित गीत रहेका थिए । उनले आफ्नै शब्द रचनाको आँसुले यो मन बहकिन्छ‘ पछि कवि तथा गीतकार विप्लव प्रतीकले सिर्जना गरेको जीवनभर टिठ्याइ रह्यो मलाई जिन्दगीले‘ गाएका थिए । आभासले आफ्ना पुराना तीनवटा गीत प्रस्तुत गरिसकेपछि पलेँटीमा सम्लग्न नयाँ पुस्ताकी कण्ठ-शिल्पी अभिज्ञा घिमिरेलाई प्रस्तुत गरेका थिए ।

सुरुमा आफ्ना लागि आफै शब्द रचना गर्ने गरेको जानकारी दिँदै आभासले क्रमश: गीतकार विप्लव प्रतीक र श्रवण मुकारुङसँग संगत भएपछि अन्य गीतकारका शब्दहरूमा पनि आकर्षित भएको जनाएका थिए 

चौथो प्रस्तुतिमा अभिज्ञाले श्रवण मुकारुङको गीत हजुर हजुर म पो हजुरको‘ प्रस्तुत गरेकी थिइन् । पाँचौं र छैठौँ प्रस्तुति पनि अभिज्ञाकै कण्ठमा गुन्जिएका थिए । जसमा कवि मञ्जुलको शब्द रचना कुर्नु कुरिसकेपछि पर्वतले जून पायो‘ र महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत‘ रहेका थिए । कुर्नु कुरिसकेपछि‘ बोलको गीत गायक फत्तेमानको सांगीतिक एल्बम फत्तेमान ७० मा‘ सङ्ग्रहित गीत थियो 

यसपालिको पलेँटीमा आभासले आफूले धुन भरेका पाँचवटा बिल्कुल नयाँ सिर्जनाहरू रहेको जानकारी गराएका थिए ।

नयाँ गीत सुनाउने क्रममा आभासले सबैभन्दा पहिले कुमार नगरकोटीको शब्द रचनामा कहिले घाम कहिले पानीजिन्दगानीकहिले धुवाँ कहिले खरानीजिन्दगानी‘ प्रस्तुत गरेका थिए । यमन रागको झलक रहेको यस गीतले निषाद स्वरमा विश्राम लिँदापानीकै तरलताको अनुभूति झल्काउँथ्यो ।

त्यसपछि श्रवण मुकारुङको नयाँ गीति रचना तिमीलाई भेट्न भनेरनौ डाँडा काटी म आएँ‘ प्रस्तुत भएको थियो । दादरा तालमा आवद्ध यस गीतलाई अभिज्ञा घिमिरेले नै स्वर दिएकी थिइन् 

प्रस्तुतिका क्रममा आभासले आफ्नो सांगीतिक सृजना कर्ममा नयाँ नयाँ गीतकारहरू जोडिँदै आएको जनाएका थिए । त्यही क्रममा उनले पश्चिम बङ्गालको सिलगढीमा रहेर कविता तथा गीतमा कलम चलाइरहेका सञ्जय बान्तवाको शब्दमा रहेको नसुनाऊ मलाई धेरै झुठा तिम्रा कुरा‘ प्रस्तुत गरेका थिए 

आभासले सिमाना पारिका नेपालीभाषी गीतकारहरूलाई आफ्नो धुनमा समेट्न पाएकोमा खुसी व्यक्त गरेका थिए । यही सन्दर्भलाई जोड्दै उनले आफूलाई गायनमा साथ दिइरहेकी अभिज्ञा घिमिरेतिर फर्कँदै गीतकार नरदेन रुम्बाको गीत जुनेली त चोखै हुन्छ जुनभरि दाग होला‘ गाउन इशारा गरेका थिए 

अभिज्ञा कलिलै उमेरकी भएपनि उनको गायकीमा आकर्षक परिपक्वता झल्कन्थ्यो ।

नयाँ सिर्जनाको प्रस्तुतिका क्रममा गीतकार दिनेश अधिकारीको यसरी नै रमाउनुयसै नै यसरी नै रिसाउनु‘ बोलको गीत प्रस्तुत भएको थियो । संगीतकार आभासले रोमान्टिक मुडको यो रचना आफ्नो सबैभन्दा कान्छो धुन भएको जानकारी गराएका थिए 

त्यसपछि पालो आएको थियो कवि तीर्थ श्रेष्ठको प्रसिद्ध कविता हिउँमा लेखिएका नाम को । कवि तीर्थको यस कवितालाई आभासले गीतमा रुपान्तरण गरेर आफ्नो सांगीतिक एल्बम ल्यामपोस्ट मा संग्रहित गरेका छन् । जसलाई पलेँटीका श्रोतादर्शकले अत्यधिक रुचाउँदै आएका छन् । सधैँ आभासले गाउने यस गीतलाई यसपाली भने सामूहिक गायनमा प्रस्तुत गरिएको थियो 

काव्यात्मक सौन्दर्यमा सजिएका शब्दलाई धुन भर्न रुचाउने आभासले कवि श्रवण मुकारुङको एउटा काव्यात्मक गीतलाई द्वन्दकालताकादेखि नै गाउँदै आएका छन्- गौथली झैँ यो गाउँमा कसको मायाले भन तिमी आयौ‘ । यो गीतलाई यसपालि अभिज्ञा घिमिरेको स्वरमा प्रस्तुत गरिएको थियो । अभिज्ञाले यो गीतलाई पनि प्रभावकारी ढंगले प्रस्तुत गरेकी थिइन् 

कार्यक्रमको पुछारतिर आभासले आफ्नो प्रसिद्ध गीति रचना गोधुलीमा हिँड्ने एउटा जिउँदो मान्छेसंसारलाई फेर्छु भन्थ्योआफै फेरिएछ‘  प्रस्तुत गरेका थिए । यो गीतले नेपालको राजनैतिक नेतृत्वलाई करुणापूर्वक व्यङ्ग्य गरेको प्रतीत हुन्थ्यो 

यसपालिको पलेँटीको समापन रमाइलो ढंगले भएको थियो । आभासले कवि तथा गजलकार वूँद रानाको गजल पिउँदै नपिउने मान्छे पिएँ अलिकतिलाई मौलिक तरिकाले प्रस्तुत गरेका थिए । आफ्ना गुरु अम्बर गुरुङ र अग्रज सर्जक भीमबिरागसँगका अन्तरङ्ग क्षणहरूको स्मरण गर्दै उनले बैठकी शैलीमा यस गजललाई प्रस्तुत गरेका थिए । अम्बर गुरुङकै उपस्थितिमा पलेँटीमा निक्कै वर्ष पहिले आभासले गाएको यस गजलले नयाँ रौनक उत्पन्न गराएको थियो ।

 पलेँटीलाई अब संसारभरिको जुनसुकै कुनामा रहेर पनि प्रत्यक्ष अनुभव गर्न सकिने भएको छ । यसले आफ्नो ‘लाइब‘ प्रसारण पनि थालनी गरेको छ । अनलाइनमा निश्चित शुल्क बुझाएपछि आफ्नो मोबाइलकम्प्युटरटिभी जेमा पनि पलेँटीको आनन्दमयी सङ्गीतलाई निकटबाट अनुभूत गर्न सकिन्छ । त्यसनिम्ति पलेँटीको वेबसाइटमा सामान्य प्रक्रिया अपनाए पुग्छ ।

 यसपालीको पलेँटीलाई जर्मनीको ओग्स्बर्गबाट प्रत्यक्ष हेरेकी रेनाटे साम्बोकको प्रतिक्रिया थियो- ‘प्रविधिको कस्तो चमत्कार ! नेपालयको आरशालामा भएको साङ्गीतिक गतिविधिलाई आफ्नै घरमा बसेर अनुभव गर्न पाएँ ।

 यसपालीको पलेँटीमा वाद्यवादनतर्फ दिनेशराज रेग्मी (किबोर्ड)सुन्दरकुमार महर्जन र मिलेश तण्डुकार (रिदम सेक्सन) मिलन घिमिरे (बाँसुरी)कृपेश लोहनी (बेस गिटार) र प्रविन पुलामी मगर (रिदम गिटार) को सहभागिता रहेको थियो।

 अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबारशनिबार प्रस्तुत हुने पलेँटीमा आउँदो महिना कवि तथा लेखक भूषिता वशिष्टको काव्यात्मक प्रस्तुति हुने भएको छ ।