१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

वडाध्यक्षको कार्यकक्षमै ‘स्वास्थ्य क्लिनिक’

वडाध्यक्षको कार्यकक्षमै ‘स्वास्थ्य क्लिनिक’
अ अ+ अ-

सोलुखुम्बु। जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–७ नाजिङका स्थानीय अम्बरबहादुर विश्वकर्मा आइतबार बिहानै वडा कार्यालयतर्फ जाँदा अरू दिनभन्दा फरक हुनुहुन्थ्यो ।

उहाँको अनुहारमा खुसी प्रष्ट झल्किन्थ्यो । उमेरले ७२ नाघिसकेका विश्वकर्माको खुसीको कारण थियो, विगतमा भन्दा नजिकै स्वास्थ्य सेवा पाउनु ।

“पहिले सामान्य बिरामी हुँदा पनि १० किलोमिटर टाढा जानुपथ्र्यो । बिरामीभन्दा बढी उकालीे–ओराली हुँदै अप्ठ्यारो बाटोमा यात्रा गर्दा पीडा थपिन्थ्यो”, उहाँले भन्नुभयो, “अब त औषधिका लागि टाढा जानुपर्ने बाध्यता सकियो । वडा कार्यालयमै सेवा पाउने भएको छ ।”

विश्वकर्मा मात्रै होइन, अब नाजिङ र गार्मा क्षेत्रका नागरिकलाई विगतको बाध्यताबाट केही भए पनि मुक्ति मिल्ने भएको छ । सोलुदूधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले आइतबारदेखि आफ्नै कार्यकक्षबाट स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएसँगै केही राहत हुने भएको हो । वडाध्यक्षको यो पहलले स्थानीयलाई स्वास्थ्य समस्या आइपर्दा ठूलो राहत हुने स्थानीय सोनामछोटी शेर्पाले बताउनुभयो ।

“हिमाली भूगोलका कारण आधारभूत सेवाबाट टाढा रहँदै आएका स्थानीयका लागि यो सानो देखिने पहलबाट ठूलो राहत पुग्ने छ । वडा कार्यालयमा काम लिएर आउने हरेक नागरिकले स्वास्थ्य सेवा पनि पाउन थालेपछि स्थानीय तहप्रतिको विश्वाससमेत थप मजबुत भएको छ”, उहाँले भन्नुभयो ।

सोलुखुम्बु जिल्ला समुद्री सतहदेखि करिब एक हजार २०० मिटरदेखि आठ हजार ८४८ दशमलव ८६ मिटर उचाइसम्म फैलिएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यहाँका धेरैजसो बस्ती अझै पनि स्वास्थ्य संस्थाबाट पाँचदेखि १५ किलोमिटर टाढा रहेका छन् । विशेषगरी यहाँका वृद्धवृद्धा, गर्भवती र दीर्घरोगीका लागि स्वास्थ्यचौकीसम्म पुग्नु नै चुनौतीको विषय बन्ने गरेको छ ।

सोलुदूधकुण्ड नगरपालिका–७ गार्माको वडा कार्यालय रहेको माथिल्लो गार्मा र सरकारी स्वास्थ्यचौकीको दूरी करिब १० किलोमिटर छ । त्यसैले यस क्षेत्रका नागरिकलाई लक्षित गरी स्वास्थ्य क्लिनिक सुरु गरिएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

“हामी जनप्रतिनिधि भनेको कार्यालयमा बस्नका लागि मात्र होइन, नागरिकको समस्या सुन्न र समाधान खोज्नका लागि पनि हो । यहाँका नागरिक सामान्य उपचारका लागि पनि १० किलोमिटर टाढा जान बाध्य भएकाले सहज स्वस्थ्य सेवा दिन यस्तो निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो ।

क्लिनिकको प्रभावकारिताअनुसार थप व्यवस्थित गर्दै लैजाने र यसले सामान्य स्वास्थ्य समस्या हुँदा पनि टाढाको स्वास्थ्य संस्था धाउने समस्या अन्त्य गर्ने वडाध्यक्ष शेर्पाको भनाइ छ ।

उक्त स्वास्थ्य क्लिनिक हिमालयन केयर फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको वडासदस्य भलाकाजी कार्कीले बताउनुभयो । नागरिकको सुझाव र आवश्यकताअनुसार सेवाको प्रभावकारिताका लागि योजना बनाइने उहाँले जानकारी दिनुभयो । रासस