१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

मण्डला थिएटरमा ‘बहादुरपुरको दन्त्यकथा’

मण्डला थिएटरमा ‘बहादुरपुरको दन्त्यकथा’
अ अ+ अ-

काठमाडौँ। राजा पद हुँदैमा सबै राजाजस्तो हुँदैनन् । सम्पन्न र प्रशन्न राजाको छवि सबैको हकमा लागु हुँदैन । यही भाव समेटेर नाटक मण्डला थिएटरमा ‘बहादुरपुरको दन्त्यकथा’ मञ्चन भइरहेको छ ।

थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकमा राजा पद भए पनि खोक्रो आड्म्बर र देखावटीमा रुमल्लिएका राजा पात्रको सिर्जनात्मक अभिनय प्रस्तुत गरिएको छ ।

पुख्र्यौली सम्पत्ति, नाम र पदको स्वाङमा रमाएका राजाले आफ्नो क्षमता र मेहनत तिखार्न नसक्दा भोग्नु परेको गरिबीको व्यङ्ग्यात्मक दृश्यसमेत नाटकमा देख्न सकिन्छ ।

लामो समयदेखि रङ्गमञ्चमा सक्रिय रहनुभएकी रङ्गकर्मी सरस्वती चौधरीले यो नाटक निर्देशन गर्नुभएको हो । भारतीय नाटककार बादल सरकारले लेख्नुभएको बङ्गाली भाषाको यस नाटकलाई विजय विष्फोटले भावानुवाद गर्नुभएको हो । नाटकमा भूपति पात्रका रुपमा प्रवीण खतिवडाले अब्बल अभिनय गर्नुभएको छभने अन्य कलाकारहरु कमलमणि नेपाल, सरिता गिरीलगायतले अभिनय गर्नुभएको छ ।

त्यसैगरी घनश्याम जोशी, रामभजन कामत, दीपल बराल, चन्द्र नेपालीलगायतका कलाकारको अभिनय पनि नाटकमा हेर्न पाइन्छ । नाटक यही पुस २७ गते सम्म मञ्चन हुने जनाइएको छ ।रासस