१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

समाजका विकृति हटाउन सञ्चार जगत्ले सकारात्मक दबाब सिर्जना गर्छः प्रहरी महानिरीक्षक कार्की

समाजका विकृति हटाउन सञ्चार जगत्ले सकारात्मक दबाब सिर्जना गर्छः प्रहरी महानिरीक्षक कार्की
अ अ+ अ-

रुपन्देही। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले समाजका विकृति र विसङ्गति हटाउन सञ्चार जगत्ले सकारात्मक दबाब सिर्जना गर्ने बताउनुभएको छ ।

सञ्चार जगत्ले सन्तुलित किसिमले काम गर्दा त्यसले सञ्चारप्रतिको विश्वास वृद्धि हुने उहाँले बताउनुभयो ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीको ११ औँ स्थापना दिवसको अवसरमा आज लुम्बिनीमा आयोजित शान्ति पदयात्रापश्चात् समारोहलाई सम्बोधन गर्दै उहाँले सञ्चार जगत्ले जनचेतना अभिवृद्धि गरेर अपराध नियन्त्रणमा सहयोग पु¥याउन सक्ने धारणा राख्नुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले मिडियाकर्मी र प्रहरीबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घको अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, प्रेस काउन्सिलका सदस्य नकुल अर्याल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीलगायतको उपस्थिति थियो ।

लुम्बिनी प्रेस क्लबले लुम्बिनीमा आयोजना गरेको तीनदिने न्यूज फेस्टिभलमा नेपाल र भारतका पत्रकार, उद्योगी, व्यवसायी, जनप्रतिनिधिलगायतको सहभागीता रहेको कार्यक्रमका संयोजक तथा क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले जानकारी दिनुभयो ।रासस