२२ असार २०८३, सोमबार
,
Latest
गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलाइन्सको न्यारो बडी जहाज ग्राउण्डेड



अ+ अ-

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ ।

उक्त जहाज काठमाडौँ–ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै ग्राउण्डेड जहाजलाई उडान योग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । उहाँका अनुसार जहाजको बायाँ इञ्जिनमा समस्या पहिचान भइसकेको र इञ्जिन उत्पादनकर्ता पीए/आईएईसँग निगम व्यवस्थापनले परामर्श गरेको छ ।

इञ्जिनलाई ‘रिप्लेस’ गरी मर्मत गर्न सुझाव आएकाले जहाजलाई छिटो उडान योग्य बनाइनेछ ।

निगमको वाइडबडी जहाज ए ३३० मा काठमाडौँ–नारिता उडानको तयारी गर्ने क्रममा समस्या देखिएको थियो । उक्त जहाजको समस्या भने श्रीलङ्काबाट पार्टपुर्जा भित्र्याएर निगमकै इञ्जिनीयरिङ टिमले मर्मत गरेको थियो ।

तत्पश्चात उक्त जहाजले आजै काठमाडौँ–दिल्ली नियमित उडान गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी र दुई थान न्यारो बडी जहाज छन् । यी जहाजले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएका छन् ।