१६ श्रावण २०८३, शनिबार
,
Latest
झैझगडामा संलग्न एक जना पक्राउ प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ स्वार्थ समूहको दबाबमा होइन, राष्ट्रिय हितमा कानून बनाऔँः एमाले सांसद झाँक्री प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल हिंसाबाट सत्ता परिवर्तन गर्ने सोच हाबी भयोः राधेश्याम अधिकारी ‘केही नेपाल ऐन संशोधन’मार्फत कानून बदल्ने अभ्यास गलतः काँग्रेस सांसद खाती विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैनः नेकपा नेता सुवेदी कुबेत आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धन अभावका कारण गाजाका अस्पतालमा सेवा प्रभावित



फाइल तस्बिर : एफपी
अ+ अ-

खान युनिस। इजरायली आक्रमणका कारण संरचनाहको विनाशको सामना गाजामा गम्भीर इन्धन अभावका कारण गाजाको एक प्रमुख अस्पतालले धेरै सेवाहरू स्थगित गरेको जनाएको छ ।

दुई वर्षभन्दा लामो युद्धले तहसनहस पारेको मध्य गाजा क्षेत्रको अल–अवदा अस्पतालले करिब ६० जना बिरामीको हेरचाह गरिरहेको छ जहाँ प्रत्येक दिन करिब एक हजार मानिसहरू उपचारको खोजीमा पुग्ने गर्छन् ।

“जेनेरेटरका लागि आवश्यक पर्ने इन्धन अभावका कारण अधिकांश सेवा तत्कालका लागि बन्द गरिएको छ,” अस्पताल व्यवस्थापनमा संलग्न एक वरिष्ठ अधिकारी अहमद मेहन्नाले भन्नुभयो ।

उहाँले भननुभयो, “अस्पतालका प्रसूति वार्ड र बाल रोगलगायत आपतकालिन विभागहरू मात्र सञ्चालनमा छन् ।”यी सेवालाई निरन्तरता दिन अस्पतालले सानो जेनेरेटर भाडामा लिएर चलाएको उहाँले बताउनुभयो ।

सामान्य अवस्थामा अल–अवदा अस्पतालले प्रतिदिन एक हजारदेखि एक हजार २०० लिटर डिजेल खपत गर्दछ। तर, अहिले यसको झण्डै आधा इन्धन मात्र उपलब्ध हुने गरेको छ ।

“सेवाहरुको बन्द अस्थायी हो र ईन्धनको उपलब्धतासँग जोडिएको छ,” मेहन्नाले भन्नुभयो । लामो समयसम्म इन्धन अभावले ‘अस्पतालको आधारभूत सेवाहरू प्रदान गर्ने क्षमतामा प्रत्यक्ष खतरा निम्त्याउने’ उहाँले बताउनुभयो ।

उहाँले इन्धनको स्थिर आपूर्ति सुनिश्चित गर्न स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरूलाई द्रुत दबाव दिर्न आग्रह गर्नुभयो । अक्टोबर १० देखि सुरु भएको युद्धविरामको बाबजुद गाजा पट्टी गम्भीर मानवीय संकटमा फसेको छ।

संयुक्त राष्ट्रसङ्घ र गैरसरकारी संस्थाहरूका अनुसार युद्धविराम सम्झौताले गाजामा प्रति दिन ६०० सहायता ट्रकहरू प्रवेश गर्ने उल्लेख गरे पनि हाल मानवीय सहायता बोकेका १०० देखि ३०० ट्रक मात्र प्रवेश गर्न सक्छन् ।

बाँकी सवारी साधनले गाजाका २२ लाख मानिसहरूमध्ये धेरैको पहुँचमा नभएका मुख्यतया व्यावसायिक सामानहरू ओसारपसार गर्छन् ।  (रासस/एएफपी)