४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बैंकहरुको वर्गीकरण मापदण्ड सुधार गर्न सुझाव

बैंकहरुको वर्गीकरण मापदण्ड सुधार गर्न सुझाव
अ+ अ-

काठमाडौँ । हाल नेपाल राष्ट्र बैंकले गरेको बैंक तथा वित्तीय संस्थाहरुको वर्गिकरण मापदण्डलाई सुधार्नुपर्ने एक अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार कार्यदलले  बैंक तथा वित्तीय संस्थाहरूलाई अहिले गरिएको मापदण्ड प्रभावकारी नभएको भन्दै  मापदण्ड परिर्वतन गरेर प्रथम, दोस्रो र तेस्रो वर्गमा विभाजन गर्न सुझाएको हो ।

कार्यदलकाअनुसार ग्राहक सेवा, राष्ट्र बैंकको सुपरीवेक्षण विभागले गरेको समग्र जोखिम व्यवस्थापनको मूल्यांकन, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गरेको कारबाही, वित्तीय स्वास्थ्य (पुँजी पर्याप्तता, सम्पत्तिको गुणस्तर, आम्दानी तथा तरलता) जस्ता पक्षलाई हेरेर वर्गिकरण गर्न सुझाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको वर्ग विभाजन सम्बन्धमा विगत ५ वर्षको तथ्यांकलाई आधार मानेर वर्गिकरण गर्न जरुरी रहेको कार्यदलको सुझाव छ । जसमा भार पछिल्लो वर्षलाई बढी र ५ वर्ष अघिकोलाई सबैभन्दा कम जस्तैः ४० प्रतिशत, ३० प्रतिशत, १५ प्रतिशत, १० प्रतिशत र ५ प्रतिशत कायम गरेर  गर्नुपर्ने उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ–‘यो कार्य प्रत्येक वर्ष श्रावण महिनामा सम्पन्न गरी बैंकहरूको वर्गअनुसारको नयाँ सूचि बैंकको वेभमा प्रकाशित गर्नुपर्छ । उपर्युक्त कार्य सम्पन्न गर्न निष्पक्ष, स्वच्छ छवि भएको, भनसुन र अनावश्यक दबाबलाई चिर्न सक्ने, बैकिङको राम्रो ज्ञान भएको नेपाल राष्ट्र बैंकको पूर्वगभर्नरको वा बैंकिङ क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिको संयोजकत्वमा वर्गीकरण समिति गठन गर्नुपर्छ । समितिको संयोजक गभर्नरले (यदि व्यावहारिक भए लोक सेवा आयोगको परामर्शमा) छनौट गर्नुपर्छ । समितिका सदस्यहरू संयोजकसँग परामर्श गरी छान्नुपर्छ । निष्पक्ष, स्वच्छ छवि भएको, भनसुन र अनावश्यक दबाबलाई चिर्नसक्ने, राष्ट्र बैंक तथा वाणिज्य बैंकिङ विज्ञलाई सदस्य राख्नुपर्छ । ग्राहकका गुनासा, सुपरिवेक्षण विभागको मूल्यांकन, कारबाहीको विवरण तथा वित्तीय अवस्था अहिले नै उपलब्ध रहेको र आगामी वर्षहरूका लागि समितिले थप मापदण्ड पनि तोक्नसक्छ । कारबाहीको सूची खासै लामो नभएको तथा स्टाण्डर्ड चाटर्डलाई जस्तै गरेका कारबाही अरू पनि हुन सक्ने हुनाले यो समितिले कारबाहीको विवरण सुक्ष्म रूपमा अध्ययन गर्न उपयुक्त हुन्छ ।’

कार्यदलको प्रतिवेदनमा आज तेस्रो वर्गमा परेका संस्थाहरू पनि आफूलाई सुधार गर्दै भोलि प्रथम वर्गमा पर्नसक्ने भएकाले यो वर्गीकरणको उद्देश्य नेपालमा कार्यरत सबै संस्थाहरू प्रथम वर्गमा परुन्, स्वनियममा बसुन् र राष्ट्र बैंकले नियमन तथा सुपरीवेक्षणमा धेरै समय र प्रयास लगाउनु नपरोस् भन्ने हुनुपर्ने उल्लेख छ । कार्यदलका अनुसार नेपाल राष्ट्र बैंकले नियमन र सुपरिवेक्षणमा गरेको लगानी अनुसन्धान तथा विकासमा लगाउन सके वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रमा नै सकारात्मक योगदान पुग्नेछ ।
कार्यदलका अनुसार बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा क, ख, ग र घ भन्दा क राम्रो र घ नराम्रो भन्ने सन्देश जाने हुनाले वाणिज्य बैंक, विकास बैंक, वित्त बैंक र लघुवित्त बैंक भनेमा उपयुक्त हुने सुझाएको छ । यसका लागि ऐनमा आवश्यक संशोधनको लागि पहल गर्नुपर्छ । यी संस्थाहरूलाई विशिष्टीकृत कार्य गर्नको लागि प्रोत्साहन गर्न समेत कार्यदलले सुझाएको छ ।

कार्यदलका अनुसार कृषि विकास बैंकलाई कृषि र एआडीसीएललाई निजी क्षेत्रको समेत स्वामित्वमा ऊर्जा पूर्वाधार बैंकको रूपमा विकास गर्ने सम्बन्धमा अध्ययन आवश्यक देखिएको छ । वित्तीय स्वास्थ्य खराब भएका र वित्तीय प्रणालीमा महत्वपूर्ण असर नगर्ने संस्थाहरू शुन्य मूल्यमा अर्को संस्थामा गाभ्दा वा विघटन गर्दा तथा वित्तीय स्वास्थ्य खराब भएका र प्रणालीमा महत्वपूर्ण असर गर्ने संस्थाहरू शुन्य मूल्यमा अर्को संस्थामा गाभ्दा वित्तीय बजारमा अनुशासन कायम गर्न सघाउ पुग्ने हुनाले सम्बन्धित सुपरीवेक्षण विभागको समन्वयमा सो कार्य गर्न कार्यदलले राष्ट्र बैंकलाई सुझाव दिएको छ ।