१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल चोरी गरी अवैध रूपमा खरिद–विक्री गर्दै आएको संगठित गिरोह पक्राउ



अ+ अ-

जनकपुरधाम । धनुषा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी अवैध रूपमा खरिद–विक्री गर्दै आएको एक संगठित गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

चोरी तथा विक्री कार्यमा संलग्न सिकिन्द्र यादवसहित १२ जनालाई नियन्त्रणमा लिई उनीहरूको कब्जाबाट ११ थान चोरीका मोटरसाइकल बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेपछि विशेष निगरानी र अनुसन्धान अभियान सञ्चालन गरिएको बताउनु भयो । अनुसन्धानका क्रममा समूहले सार्वजनिक, बजार, अस्पताल तथा आवासीय क्षेत्रबाट मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर कम मूल्यमा बेच्ने गरेको खुलेको छ ।

पक्राउ परेकामाथि चोरी तथा संगठित अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।