१४ आश्विन २०८१, सोमबार
,
Latest
कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोल नियुक्त उसु टोली बंगलादेश जाने एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इबीए र एनईए फाइनलमा



अ+ अ-

काठमाडौं । आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) र एनईए दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

धापासीस्थित घरेलु कोर्टमा भएको पहिलो सेमिफाइलनमा इबीएले स्किब्सलाई ३०–२० ले पराजित गर्यो । इबीएको जितमा सुनील मल्लले १७ अंक योगदान गरे । सुरुका तीन क्वाटरमा इबीएले १२–७, १०–४ र ६–५ को अग्रता लिएको थियो । चौथो तथा अन्तिम क्वाटर ४–४ को बराबरीमा टुंगियो । दोश्रो सेमिफाइनलमा नारायण पौडेलको १२ अंक सहयोगमा एनईएले नेपाल मोडेललाई २४–२० ले हरायो ।

गल्र्सको थ्री बाइ थ्रीमा इबीए ‘ए’ फाइनलमा पुग्यो । पहिलो सेमिफाइनलमा इबीए ‘ए’ ले आफ्नै ‘सी’ टिमलाई १२–७ ले पाखा लगायो । विजेताकी इशा मगरले ४ स्कोर गरिन् । इबीए ‘ए’ ले उपाधिका लागि इबीए ‘बी’ र नाम्सबीच हुने दोश्रो सेमिफाइनलको विजेतासंग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिता बिहीबार सम्पन्न हुने छ ।