३ भाद्र २०८३, बुधबार
,
Latest
विद्युतमा लगाइएको भ्याट खारेजी र ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै हस्ताक्षर अभियान जारी रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन, सरकारको कामकारबाहीबारे समीक्षा कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इबीए र एनईए फाइनलमा



अ+ अ-

काठमाडौं । आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) र एनईए दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

धापासीस्थित घरेलु कोर्टमा भएको पहिलो सेमिफाइलनमा इबीएले स्किब्सलाई ३०–२० ले पराजित गर्यो । इबीएको जितमा सुनील मल्लले १७ अंक योगदान गरे । सुरुका तीन क्वाटरमा इबीएले १२–७, १०–४ र ६–५ को अग्रता लिएको थियो । चौथो तथा अन्तिम क्वाटर ४–४ को बराबरीमा टुंगियो । दोश्रो सेमिफाइनलमा नारायण पौडेलको १२ अंक सहयोगमा एनईएले नेपाल मोडेललाई २४–२० ले हरायो ।

गल्र्सको थ्री बाइ थ्रीमा इबीए ‘ए’ फाइनलमा पुग्यो । पहिलो सेमिफाइनलमा इबीए ‘ए’ ले आफ्नै ‘सी’ टिमलाई १२–७ ले पाखा लगायो । विजेताकी इशा मगरले ४ स्कोर गरिन् । इबीए ‘ए’ ले उपाधिका लागि इबीए ‘बी’ र नाम्सबीच हुने दोश्रो सेमिफाइनलको विजेतासंग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिता बिहीबार सम्पन्न हुने छ ।