१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक समृद्धिमा प्राविधिक शिक्षा आवश्यक: खेलकूदमन्त्री विश्वकर्मा



अ+ अ-

लमजुङ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको विकास र उन्नतिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् । राइनास नगरपालिका ९ मोहोरियाकोटमा हीरक महोत्सव तथा भैरव माध्यमिक विद्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उनले प्राविधिक शिक्षाले आर्थिक समृद्धि हासिल गर्न सजिलो हुने छ भने । मन्त्री विश्वकर्माले भने, “खेलकूदको माध्यमबाट समाज, राष्ट्रलाई नै विश्वमा कीर्तिमान राख्न टेवा पुर्याइरहेको छ ।

खेलकूदको लागिसमेत पर्याप्त बजेट छुट्याइएको र सबै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न रङ्गशाला निर्माण गर्नेतर्फ सरकार अघि बढेको उनले जानकारी दिए । गण्डकी प्रदेशका सांसद मायानाथ अधिकारी, प्रदेश सांसद धनञ्जय दवाडी, प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्कालगायतले सरकारले लिएको मुलुक समृद्ध बनाउनका लागि प्राविधिक शिक्षा हुनुपर्नेमा जोड दिएका थिए । चीन सरकारको रु ८३ करोड लगानीमा चार तले सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार विद्यालयमा ३० कक्षाकोठा, २० होस्टेल कोठा, १० शिक्षक स्टाफ कोठा लागत ६८ कोठा रहेको छ । २०१४ सालमा स्थापना भएको यस विद्यालय २०७२ साल वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्याएपछि टहरामा पढ्न बाध्य हुँदै आएका विद्यार्थी यस भवनमा पठनपाठन गर्न पाउँदा खुशी भएका छन् । विद्यालयमा करिब तीन विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।