५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं



फाइल फोटो
अ+ अ-

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवर्तनमा लागेका, नयाँ भनिएका वैकल्पिक शक्तिहरुलाई संवाद मार्फत एकै ठाउँमा ल्याउने प्रयास स्वरुप अघि बढिरहेको बताउनु भएको छ ।

सहकारी सम्बन्धी मुद्दाको तारिख बुझ्न चितवन पुग्नुभएका सभापति लामिछानेले स्थानीय संचारकर्मीलाई प्रतिक्रिया दिँदै त्यसैको एउटा महत्वपूर्ण कडीका रुपमा अघि बढेको र त्यसलाई टुंगोमा पुर्याउने गरी हामी सबैसँग संवादमा रहेको बताउनुभयो ।

काठमाडौंका मेयर बालेन शाहलाई प्रधानमन्त्रीमा प्रस्ताव गरिएको हो त भन्ने प्रश्नमा सभापति लामिछानेले भन्नुभयो, हामी त्यस चरणमा प्रवेश गरेका छैनौं । पहिला थाहा हुनुपर्यो, कुराकानी हुनुपर्यो, परिस्थिति बारे बुझ्नु पर्यो । जानकारी लिनुपर्यो । हामी त्यो चरणमा छौं ।

मेयर बालेन शाहसँग सभापति लामिछाने सहितको रास्वपाको नेतृत्वले गएराति असिम शाहको निवासमा करिब छ घण्टा भेटवार्ता भएको थियो ।

कुलमान घिसिङसँगको वार्ता के हुँदैछ भन्ने अर्को प्रश्नमा उहाँले भन्नुभयो, अरु शक्तिहरुसँग छलफल हुँदैछ, सुदन गुरुङसँग पनि कुरा भएको छ । कुलमान जीसँग पनि कुराकानी गर्छौं । हामी सबैलाई एक ठाउँमा ल्याउन प्रयास गर्छौं । रास्वपा त्यसमा लागिरहेको छ ।




भर्खरै