१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज महाशिवरात्रिमा २० लाख भक्तजनले पशुपति दर्शन गर्ने



अ+ अ-

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा २० लाख दर्शनार्थीले पशुपतिनाथ दर्शन गर्ने अनुमान गरेको छ । कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले नेपाल भ्रमण वर्ष २०२० को रूपमा पनि यस वर्ष देश–विदेशमा प्रचार भएकाले दर्शनार्थी बढ्ने बताए । कोषले शिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शनमा आउने दर्शनार्थीहरूलाई निःशुल्क भोजन, पिउनेपानी, स्वास्थ्य सेवालगायतको व्यवस्था गरिएको जनाएको छ ।

यस्तै, दर्शनार्थीहरूले बढीमा डेढ घन्टासम्ममा दर्शन गरिसक्ने व्यवस्था मिलाइएको खतिवडाले जानकारी दिए । कोषका अनुसार आगन्तुक र दर्शनार्थीहरूको सुरक्षाका लागि लागि पाँच हजार सुरक्षाकर्मी, पाँच सय सादा पोसाकका प्रहरी परिचालन भएका छन् । उनीहरूलाई १० हजार स्वयंसेवकले सघाउनेछन् ।

वैकल्पिक मार्ग अपनाउन ट्राफिको आग्रह: महाशिवरात्रि पर्वको अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच सय ट्राफिक परिचानल गरी ट्राफिक व्यवस्थापन गर्ने भएको छ । दर्शनार्थी र सवारी आवागमनलाई सरल, सहज बनाउन पशुपति क्षेत्रमा ट्राफिक प्रहरी परिचानल गरेको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । साथै, महाशाखाले ट्राफिक व्यवस्थापनका लगि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, दुईपांग्रे र साना सवारीसाधनका लागि तिलगंगा र नक्साल कालो पुल हुँदै आउने गाडीलाई सिफलचौर र अमलकोट, पशुपति विकास कोष र संस्थानका सवारीसाधनलाई देव उद्यानस्थित कोषको कार्यालयमा पार्किङको व्यवस्था गरिएको छ ।

यस्तै, पासबाहेकका सवारीसाधन, सुरक्षा निकाय तथा सरकारी सवारीसाधनलाई महानगरीय प्रहरी वृत्त गौशाला तथा बागमती कोरिडोर, जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुह्येश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । तिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल भई चल्ने मालबाहक सवारीसाधनलाई भने तिनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँ बानेश्वरलगायत स्थानबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाइ वैकल्पिक सडक प्रयोगको व्यवस्था मिलाइने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

बिहान चार बजेबाट दर्शन सुरु:दर्शनार्थीहरूले बिहान चार बजेबाटै पशुपतिमा दर्शन गर्न पाउने व्यवस्था कोषले मिलाएको छ । पशुपति दर्शन गर्न चाहनेका लागि मित्रपार्क, जयबागेश्वरी, गौशाला तथा तिलगंगा गरी चारतिरबाट लाइन व्यवस्थापन गएिको छ । लाइन बसेकै स्थाननजिक जुत्ताचप्पलकक्ष स्थापना गरिएको कोषको भनाइ छ । दर्शनपछि चन्दन लिन चाहने भक्तले दर्शन सकेर बाहिर निस्कने स्थाननजिक कोर क्षेत्रभित्र सानो सदार्व सत्तलमा व्यवस्था गरेको छ । उमाकुण्ड, मित्रपार्क, तिलगंगा र गौशालाबाट पनि चन्दन वितरण गरिने कोषको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट