७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले दिए मानव अधिकार आयोगमा बयान



अ+ अ-

काठमाडौँ। गत भदौ २३ र २४ गते सम्पन्न ‘जेनजी आन्दोलन’ सम्बन्धमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा उपस्थित भई बयान दिएका छन् ।

आयोगले उक्त आन्दोलनका क्रममा भएका गतिविधिबारे धारणा बुझ्न भन्दै मेयर शाहलाई बोलाएको थियो । सोही अनुरूप आयोग पुगेका उनले आन्दोलनसँग सम्बन्धित विषयमा आफ्नो भनाइ राखेको बताइएको छ ।

यद्यपि आयोगमा मेयर शाहले दिएको बयानको विस्तृत विवरणबारे उनका सचिवालयले कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । आयोगले भने आवश्यक अध्ययनपछि थप प्रक्रिया अघि बढाउने जनाएको छ ।